सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँ जाने बाटोमा बेवारिसे अवस्थामा लास भेटिएको छ । सुचनाका आधारमा प्रहरीले उक्त बबेवारिसे लास भेटाएर जिल्ला अस्पतामा ल्याई पुर्याएको हो ।
सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँ जाने प्रवेशद्धारको पचास मिटर पश्चिमको पहिरो गएको भिरमा बेवारिसे अवस्थामा लडेको लास भेटिएको प्रहरी निरीक्षक युवराज ढकालले बताए । सो क्षेत्रको पहिरो गएको भीरमा गिद्धहरु घुमी रहेको जानकारी प्रहरीलाई पैदल यात्रुहरुबाट आएपछि प्रहरीले पशुवस्तु मरेको हुन सक्ने भनेर जाँदा अन्दाजी साठी वर्षिया महिलाको लाश भेटिएको हो ।
हातमा बाला लगाएको , टाउको र अनुहार केही नभएको र शिररमा कपडा लगाएको अवस्थामा लास भेटिएको कारण तत्काल लासको पहिचान गर्न कठिन भएको छ । उक्त लास दुई तीन दिन पुरानो भएकोे र पहिरो गएको भीरमा लडेको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको ।
प्रहरीले थप अनुसन्धान गर्ने उहााले बताउनुभयो । बेवारिसे लास भेटिएको स्थानबाट प्रहरीले केही प्रहरीको सहयोगले बोकेर सडकसम्म ल्याएको र त्यसपछि ट्याक्टरमा जिल्ला अस्पतालको शव घरमा ल्याएर राखिएको छ ।























