
सि.टा. समाचारदाता
सिमकोट । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला हुम्लाबाट निर्वाचित सासद जयपति रोकाया यतिबेला मतदाता भेट्न गाउँगाउँमा पसेका छन । निर्वाचित गराएकोमा धन्यवाद दिन र स्थानीयमा गुनासाहरु सुन्न उनी दुरदराजका बस्तीबस्तीमा पुग्न सुरु गरेका हुन ।
उत्तरी नाम्खा गाउँपालिकाबाट आफु निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्य रोकायाले घरदैलो अभियान सुरु गरेको बताउदै स्थानीयसंग आशा र अपेक्क्षा धेरै भएको बताए । यतिबेला आफु बिशेष गरि मतदातालाई धन्यवाद दिन र समस्या तथा गुनासाहरु सुन्नका लागि घरदैलो कार्यक्रममा सरिक भई रहेको उनले बताए ।
काठमाडौं फिर्ता हुनु अगाडी जिल्लाका सात वटै गाउँपालिकामा पुग्ने र जनताका कुरा सुन्ने कार्यक्रम रहेको उनको भनाई छ । कतिपय स्थानीयबाट ब्यक्तिगत समस्याहरु आउने गरेको भएपनि त्यस्ता मागहरु प्राथमिकतामा राख्न नसकिने बताउने गरेको उनको भनाई छ ।
यसअघि आफुले चुनावी घरदैलो कार्यक्रममा आफ्नातर्फबाट ब्यक्त गरिएका प्रतिबद्धतालाई नै आफुले अगाडी बढाउने बताउदै अति आवश्यक र गर्नै पर्ने अन्य बिकासका कामका लागि सहजिकरण गर्ने पनि उनले बताए । शिक्षा र स्वास्थ्यमा बिशेष ध्यान दिनका लागि पनि आफुलाई सुझाव आएको उनको भनाई छ ।
नाम्खा र सिमकोट गाउँपालिकाका मतदातासंग भेटघाट गर्ने कार्य सम्पन्न गरेको उनले बुधबार खार्पुनाथ गाउँपालिकामा लागेका छन् । समन्वय गर्ने कुरा मात्र आफुले मतदातालाई बताउने गरेको उनको भनाई छ । मतदातासंग आफुले बिकास निर्माण भन्दा पनि नीति निर्माणका क्षेत्रमा जोड दिने र बिकासका लागि तिनै तहका सरकारसंग समन्वय र सहजिकरण गर्ने प्रतिबद्धता मतदातासंग बताउने गरेको उनको भनाई छ ।
मतदाताका आशा र अपेक्क्षा असिमित रहेको तर साधन र श्रोतका कारण सबै समस्या समाधान गर्न नसकिने बताउदै उनले प्राथमिकताका आधार बिकासे कार्यहरु गर्नका लागि सहजिकरण गर्ने बताए । बिहीबार खार्पुनाथ गाउँपालिकाका मतदातासंग भेटघाट सकाएका छन् भने शुक्रबार सर्केगार्ड र चंखेली गाउँपालिका केन्द्रमा कार्यक्रम गरिने छ भने शनिबार अदाचुली र ताँजाकोट गाउँपालिकामा भेटघाट कार्यक्रम हुने छ ।




















