सि.टा. समाचारदाता
सिमकोट । यसअघि कायम रहँदै आएको जिल्ला स्तरीय प्रजनन समन्वय समिति पूनगठन गरिएको छ । नयाँ कार्यविधि अनुसार समितिलाई पूनरगठन गर्दै समितिको बैठक समेत बसेको हो ।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको सो कार्यक्रमकी सम्पर्क ब्यक्ति सपना रानाले बताईन । समितिका अन्य सदस्यहरुमा सम्वन्धि वडा अध्यक्ष, शिक्षा बिकास तथा समन्वय इकाई , नेपाल रेडक्रस सोसाईटीको प्रतिनिधि, अस्पतालको मेडिकल सुपरिटेन्डेन, स्वास्थ्य सेवा कार्यालयउको प्रमुख र सदस्य सचिवमा यो कार्यक्रम हेर्ने सम्पर्क ब्यक्ति रहेकी छन् ।
समितीको पूनरगठन पछि जिल्लाको प्रजनन स्वास्थ्य सम्वन्धि प्रस्तुती गरिएको थियो । त्यसमा जिल्लाका सात वटै गाउँपालिकामा बालबिबाह बढ्दै गएको निष्कर्ष वैठकले निकालिएको छ ।
जिल्लामा बालबिबाह घट्दै जानु पर्नेमा वर्षेनी बृद्धि भई रहेको तत्थ्याङ्कले पुष्टि गरेको स्वास्थ्य सेवा कार्यालयका तत्थ्याङ्क सहायक दुर्गा बहादुर श्रेष्ठले बताए । बालबिहबाहको बारेमा कसैको बिरोध नआउनु र हालसम्म गाउँवस्ती मै मिलापत्र गर्ने कार्यले पनि यसले मौलाउन पाएको जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए । यसका लागि केही कठोर भएर निष्कन आवश्यक रहेको उनको भनाई छ ।
























