प्रहरी सहायक निरीक्षक गिरीलाई उत्कृष्ट भन्दै प्रदेश प्रहरीद्धारा पुरस्कृत

फोटो क्याप्सन पुरस्कृत भएकी प्रहरी सहायक निरीक्षक गिरी । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाका कार्यरत प्रहरी सहायक निरीक्षक शोभा गिरी कर्णाली प्रदेश प्रहरी कार्यालयद्धारा पुरस्कृत गरेको छ । यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफु खटिएको मतदान केन्द्रमा फर्जी मत खसाल्ने कार्य रोक्न सफल र बुथ क्याप्चर गर्ने कार्यलाई विफल पारेको भन्दै प्रहरी सहायक निरीक्षक गिरीलाई प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।

कर्णाली प्रदेशका दश वटै जिल्लामा निर्वाचनमा खटिएका महिला प्रहरी मध्य सबै भन्दा राम्रो र प्रशंसनीय कार्य गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले यसवर्ष उनलाई पुरस्कृत गरेको हो । गिरीलाई प्रदान गरिएको पुरस्कारका साथै महिना उत्कृष्ट प्रदेश प्रहरी पत्रमा बिशेष गरि फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नाम्खा गाउँपालिका– ६ को हिमालपारी गाउँ लिमीको सुनखानी प्रावि मतदान केन्द्रमा गिरी कमाण्डरका रुपमा खटिएको उल्लेख गरिएको छ । गिरी खटिएको मतदान केन्द्रमा नेपालमा भएका हालसम्मका सवै तहका निर्वाचनमा मतदान केन्द्र विद्यालयको नाम रहने गरेको तर मतदान केन्द्र भने गुम्बामा हुने गरेको थियो ।

तर यस पटकको निर्वाचनमा सुरक्षा निकायको तर्फबाट प्रहरी सहायक निरीक्षक गिरी र मतदान अधिकृत निसा केसीको अडानले मतदान कार्य विद्यालय मै सम्पन्न गरिएको थियो । पछि स्थानीयले त्यसको बिरोध पनि गर्नु भएको थियो । उनीहरु दुवै जनाले तोकिए कै स्थानमा मतदान कार्य हुने तर अन्यत्र गर्न नसकिने अडानबाट पछि नहटेपछि मतदान कार्यमा भाग लिन मतदाता बाध्य भएका थिए ।

त्यति मात्र होईन छ जना बिरामी र ७० वर्ष कटेका जेष्ठ नागरिकहरु मतदान केन्द्रमा आउन नसक्ने र त्यसका लागि मतदान अधिकृत हेर्न जानु पर्ने, वारेसनामा दिनु पर्ने र ती मतदाताका लागि गुम्बामा मतदानको ब्यवस्था गर्न स्थानीयले माग राखे पनि त्यो गर्न नसकिने बरु सुरक्षाकर्मीले स्टेचरमा बोकेर मतदान केन्द्रमा ल्याउने ब्यवस्थाको लागि सहयोग गर्ने जनाएपछि त्यसबाट पनि स्थानीय पछि हट्नु परेको थियो ।

मुख्यगरि यो आँट र निडरता प्रसनी गिरीले देखाएकै कारण प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको प्रहरी निरीक्षक युवराज ढकालले बताए । पत्रमा मतदान कार्यमा फर्जी मत खसाल्न नदिने, बुथ क्याप्चर कार्यबाट जोगाउने, मतदान सामाग्री र कर्मचारीलाई सुरक्षित राख्दै बिबाद समाधान गरि मतदान कार्य सम्पन्न गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । त्यति मात्र नभएर प्रहरी सहायक निरीक्षक गिरी जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेल र सामुदायीक सेवाका क्षेत्रमा पनि काम गर्दै आउनु भएको छ ।

हिंसा, बालबिबाह, बहुबिबाह, जवरजस्तीकरणी लगाएतका समस्यामा परेका महिलाको उद्धारमा पनि उहाँ त्यसरी खटिदै आउनु भएको छ । रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका– २ मा स्थायी ठेगाना भएकी गिरी २०५६ साल भदौ २० गते प्रहरी जवानका रुपमा प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो । ४३ वर्षीया गिरीले यो पुरस्कारले अझै प्रहरी सेवामा दत्तचित्त भएर खट्नका लागि प्रेरणा मिलेको बताईन । महिलालाई जिम्मेवारी दिए काम गर्न सक्छन भन्ने कुरालाई प्रमाणित गर्न आफु सफल भएको यस पटकको निर्वाचनले देखाएको भनाई उनको छ ।