सि.टा. समाचारदाता
सिमकोट । चैत १९ गतेबाट सुरु हुने यसवर्षको माध्यामिक शिक्षा परिक्षामा ( एसईई ) सहभागिता जनाउने बिधार्थीहरुलाई बिधाई कार्यक्रम गरिएको छ । ती बिधार्थीहरु अध्ययनरत रहेको सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माविले आफ्ना विद्यालयबाट एसईईमा सहभागी हुँदै विद्यालय छोड्न लागेकोमा बिधार्थीहरुको बिधाई कार्यक्रम आयोजना गरेको हो ।
दश वर्षदेखि बालमन्दिर माविमा अध्ययन गर्दै आएर यस वर्षको एसईई परिक्षामा सहभागिता जनाउन लागेका ४४ जना बिधार्थीहरुलाई विद्यालयले बिधाई कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए । कार्यक्रममा बिधाईका साथै आगामी भविष्य उज्जल समेत रहोस भने शुभकामना दिदै केक समेत काटिएको थियो ।
२३ जना छात्रा र २१ जना छात्रहरुलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले एउटा पेन मायाको चिनो गरेका थिए भने प्रधानाध्यापक रोकायाले अविर र शिक्षक अभिभावक संघका अध्यक्ष गोर्ख बोहराले खादा लगाएर बिधाई गरेका थिए । बिधाई हुने बिधार्थीहरु सो कार्यक्रममा बिधार्थीहरु निक्कै भावुक समेत बनेका थिए ।
एसईइृ परिक्षामा बालमन्दिर माविका सवै बिधार्थीहरुले सिमकोट गाउँपालिका कै मानसरोवर मावि परिक्षा केन्द्रमा परिक्षा दिनु हुनेछ । बिधाई कार्यत्रममा बक्ताहरुले क्षण दुखद भएपनि सकरात्मक रुपमा लिएर सुन्दर भविष्य निर्माणका लागि यो नियमित प्रकृया भएको बताए । कार्यक्रम विव्यस अध्यक्ष बोहरा, शिक्षक अभिभावक संघका अध्यक्ष गोर्ख बोहरा, प्रअ रोकाया, सदस्य राजन रावत, बिधाई हुने बिधार्थी कट्रिना बोहराले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रम उक्त माविका कक्षा दशका बिधार्थीहरुले आयोजना गरेका थिए भने विद्यालयका क्याप्टेन दिनानाथ बोहराको अध्यक्षतामा भएको थियो त्यसैगरि सोही कार्यक्रममा नयाँ आउने बिधाथीृहरुलाई स्वागत समेत गरिएको थियो ।

















