सात वटै परिक्षा केन्द्रमा एसईई परिक्षा शान्तिपुर्ण रुपमा सञ्चार

फोटो क्याप्सन बिहीबारबाट सुरु भएको एसईई परिक्षा मानसरोवर मावि केन्द्रमा परिक्षार्थीहरु परिक्षा दिदै । तस्बिर :सि.टा 

सि.टा. समाचारदाता

सिमकोट । बिहीबार बिहान ८ वजेबाट सुरु भएको यस वर्षको एसईइृ परिक्षा जिल्लाका सात वटै परिक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सञ्चालन भई रहेको छ । परिक्षालाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सुरक्षा ब्यवस्था कडा पािरएको र स्थानीय तहसंग समन्वयमा परिक्षालाई शान्तिपुर्ण रुपमा सञ्चालन गर्न सहयोग प्राप्त भएको हो ।

जिल्लाका पाँच वटा गाउँपालिकाका सात वटा परिक्षा केन्द्रमा एसईई परिक्षा शान्तिपुर्ण रुपमा सञ्चालन भई रहेको प्रमुख जिल्ला अधिकारी टेक कुमाररेग्मीले बताए । हालसम्म कही कतै अवान्छित कृयाक्लापहरु नभएको उनले बताए । बिहीबार अनिवार्य अंग्रेजी विषयको परिषा भई रहेको हो ।

परिक्षा मर्यादित र शान्तिपुर्ण रुपमा सञ्चालन हुनुमा सवै पक्षको सहयोगले संभव भएको हो । इकाईले उपलव्ध गराएको बिबरण अनुसार ती परिक्षा केन्द्रहरुमा सिमकोट गाउँपालिकाको बालमन्दिर मावि परिक्षा केन्द्र सिमकोट, मानसरोवर नमूना मावि परिक्षा केन्द्र, सर्केगार्ड गाउँपालिकाको हिमज्योति मावि केन्द्र सर्केगार्ड्र, सर्केगार्ड गाउँपालिकाको कोट मावि केन्द्र रोडिकोट, अदानचुली गाउँपालिकाको सुर्योदय मावि केन्द्र श्रीनगर , ताँजाकोट गाउँपालिकाको मदानादेव मावि केन्द्र रहेका छन ।

त्यसैगरि खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र छिप्रा पनि रहेको छ । चार दिन अगाडी नै सात वटै परिक्षा कक्षमा प्रश्ना पत्र र उत्तर पुस्तीका पुर्याउने कार्य पुरा भएको थियो । परिक्षामा कति जनाको सहभागिता रहेको छ भन्ने कुरा एकिन बिबरण प्राप्त हुन सकेको छैन ।

यसवर्ष एसईई परिक्षा दिने परिक्षार्थी एक हजार तीन सय रहनु भएको छ । एसईई परिक्षामा नियमिततर्फ ५१८ छात्र र ४७९ छात्रा गरि ९९७ परिक्षार्थीहरु नियमिततर्फ र १२४ छात्र र १७९ छात्रा गरि ३०३ जना परिक्षार्थीहरु पूरक तथा ग्रेडबृद्धि परिक्षाका लागि फारमक भर्नु भएको थियो ।

यी परिक्षाथीहरु साधारण र प्राविधिक धारतर्फका हुन । एउटा मात्र मावि रहेको नाम्खाा गाउँपालिका र दुई वटा मावि रहेको चङ्खेली गाउँपालिकामा भने परिक्षा केन्द्र रहेको छैन ।