
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला परिक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले सदरमुकाम सिमकोट बाहिरका माध्याकि शिक्षा परिक्षा ( एसईई ) केन्द्रहरुको स्थलगत अनुगमन गर्नु भएको छ । परिक्षालाई सहज र मर्यादित रुपमा सञ्चालन गर्नका लागि सदरमुकाम सिमकोटबाट निस्केर अनुगमन गरिएको हो ।
सिमकोटबाट तीन घण्टा दुरी टाढाको सर्केगार्ड गाउँपालिका केन्द्रमा रहेको हिमज्योती मावि परिक्षा केन्द्रमा सञ्चारन भई रहेको एसईई परिक्षाको प्रमुख जिल्ला अधिकारी रेग्मीको नेतृत्वमा आएको टोलीले अनुगमन कार्य गरेको शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख खड्क बहादुर हमालले बताए ।
एसईई परिक्षालाई मर्यादित र अनुशासीत तरिकाले सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व आएको टोलीले परिक्षाको स्थलगत अनुगमन गरेको उनले बताए । उक्त परिक्षा केन्द्रको अनुगमन गरि सकेपछि प्रजिअ रेग्मीले परिक्षा शान्त र अनुशासीत तरिकाले सञ्चालन भएको प्रतिकृया दिए ।
शुक्रबार उक्त परिक्षा केन्द्रमा १९७ जना परिक्षार्थीहरुले परिक्षा फर्म भरेकोमा १८७ जना परिक्षार्थीहरुले परिक्षामा सहभागिता जनाउनु भएको थियो । उक्त परिक्षा केन्द्रमा जिल्ला मै एक जना मात्र महिला प्राधानाध्यापक रहनु भएकी कल्पना बुढाथोकी रोकाया केन्द्राध्यक्षका रुपमा रहेकी छन् । यसैबिच उक्त परिक्षा केन्द्रमा ३६ वर्षका बाँचे जैसीले परिक्षामा सहभागिता जनाएका छन् । उनको दाँया हात बाँचिएको कारण एक जना सहयोगीको सहायतले परिक्षा दिई रहेका छन्






















