सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ । लगातार वर्षा र हिमपात भई रहेको कारण हवाई सेवा बन्द भएको हो । गत मङ्गलबारबाट लगातार वर्षा र हिमपात भई रहेको कारण हवाई सेवा अबरुद्ध रहेको नेपाल नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहले बताए ।
मङ्लवार बुधबार नेपाल एयरलाईन्सले उडान भर्ने कार्यतालिका रहेको भएपनि खराव मौसमको कारण उडान हुन नसकेको हो । बिहीबार बिहानसम्म पनि वर्षा र हिमपात भई रहेको कारण उडान हुने संभावना देखिदैन । हवाई सेवा अबरुद्ध भएपछि सिमकोटबाट नेपालगंज जाने र नेपालगंजबाट सिमकोट आउने यात्रुहरु मर्कामा परेका छन ।
बिशेष गरि अस्पतालले रिफर गरेका बिरामीहरु समस्यामा परेका छन् । एकातिर मौसमले साथ नदिएको र अर्कोतर्फ नीजि एयरका जहाजहरु नेपालगंजमा नरहेको कारण आगामी सोमबाटरसम्म उडान हुने संभावना नरहेको उहाँले बताउनुभयो । गत सोमबार नेपाल एयरलाईन्सले एउटा उडान भरेको थियो ।
























