लोग भण्डारी
सिमकोट । यसवर्षको माध्यामिक शिक्षा परिक्षा ( एसईई ) को साधारणतर्फको परिक्षा बिहीबारबाट सम्पन्न्न भएको छ । जिल्लाका पाँच वटा केन्द्रमा साधारणतर्फको परिक्षा केन्द्रमा परिक्षा सञ्चालन भएर सम्पन्न भएको हो । चैत १९ गतेबाट सुरु भएको साधारणतर्फको एसईई परिक्षा बिहीबारबाट सम्पन्न भएको शिक्षा बिकास तथा समन्वय इकाई निमित्त प्रमुख खड्कबहादुर हमालले बताए ।
साधारणतर्फको परिक्षा मात्र दिने ब्यवस्था गरिएका केन्द्रहरुमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र, खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र, हिमज्याति मावि केन्द्र सर्केगार्ड र कोट मावि केन्द्र रोडिकोट र अदानचुली गाउँपालिकाको सुर्योदय मावि केन्द्र रहेका छन् ।
यी केन्द्रहरुका अब उक्त परिक्षा सम्पन्न भएको छ । यता दुई वटा परिक्षा केन्द्रमा प्राविधिकधारतर्फको परिक्षा भने चैत २९ गतेसम्म सञ्चालन हुनेछ । प्राविधिकधारतर्फ परिक्षा सञ्चालन भएका केन्द्रहरुमा सिमकोट गाउँपालिकाको बालमन्दिर मावि केन्द्र सिमकोट र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि केन्द्र रहेका छन । प्राविधिकधारतर्फ बाली बिज्ञान र कम्प्युटर बिज्ञान रहेका थिए ।यसपट नियमित र ग्रेडबृद्धि गरि एक हजार तीन सय परिक्षार्थीहरुले परिक्षामा सहभागिता जनाएका छन् ।
























