सि.टा.समाचारदाता
सिमकोट । सिमकोट हिल्सा सडकको लाग्ना खण्डमा सिमकोट गाउँपालिका– ७ को डाँडाफयाँका स्थानीयद्धारा सडक अबरुद्ध भएको छ । सो क्षेत्रको सडक निर्माणका क्रममा चट्टान बिष्फोट गर्दा खसेका ढुङ्गाले सामुदायीक बनमा क्षेती पुर्याएको भन्दै स्थानीयले सडक अबरुद्ध गरेका हुन ।
सिमकोट हिल्सा सडकको सिमकोटबाट हेक्पा खोलासम्म सडक निर्माणका क्रममा लाग्नामा चट्टानी भीरमा विष्फोट गर्ने क्रममा खसेका ढुङ्गाले सडक तलको सामुदायीक बनका सल्लाका रुखहरु भाँचेको भन्दै स्थानीय सडक अवरुद्ध पारेको निर्माण कम्पनी गौरी गणेश तिर्थ एण्ड राज्य रिजन जेभीका प्रतिनिधि इन्द्र लामाले बताए ।
सामुदायीक बनमा क्षेती पुगेको भन्दै क्षेतीपुर्ती बापत आठ लाख रुपियाँ माग गरेको र त्यो दिन नसकिने आफुले बताउदा स्थानीय आएर सडकमा बसेर सडक अबरुद्ध पारि रहेको उनले बताए । यसरी क्षेती पुगेमा त्यसको क्षेती पुर्ती दिने ब्यवस्था नभएको हिल्सा सिमकोटठ सडक योजनाले जनाएको छ ।
लाग्नामा स्थानीयले सडक अवरुद्ध पारेर यातायात सेवा बन्द गरेको बताउदै प्रहरी नायव उपरिक्षक शंकर खड्काले प्रहरी सो स्थानमा पुगेर सडक खुलाउने तयारीमा रहेको बताए ।
























