बिज्ञापन बोर्डको टोली हुम्लामा

फोटो क्याप्सन अन्तकृया कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेपाल बिज्ञापन बोर्डको टोली हुम्ला जिल्लामा आई पुगेको छ । बिज्ञापन बोर्ड बारे अन्र्तकृया कार्यक्रम गर्न सो टोली सोमबार हुम्ला आई पुगेको हो । टोली हुम्ला आई पुगेपछि बिज्ञापन बोर्डले हिमाली जिल्ला हुम्लामा पहिलो पटक अन्र्तकृया कार्यक्रम आयोजना गरेको छ ।

बोर्डका कार्यकारी अध्यक्ष हुमागाई नेतृत्वमा सोमबार हुम्ला आई पुगेको दुई सदस्यीय टोलीले सो कार्यक्रम जिल्ला सरोकारवाला पक्षको उपस्थितीमा आयोजना गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको अन्र्तकृया कार्यक्रममा बोर्डका अध्यक्ष हुमागाईले अब हरेक बिज्ञापनमा तीन प्रतिशत कर लगाउनु पर्ने र त्यसका लागि स्थानीय तह र सरकार कायाृलयलृे सहयोग गर्नु पर्ने बताए ।

सो कर लोक कल्याकारी बिज्ञापनका लागि प्रयोग हुने भएको कारण कायाृलयहरुको अतिरिक्त खर्च नहुने र सञ्चार माध्यामले पाउने शुल्कबाटै काटिने र उनीहरु कै लागि पछि खर्च हुने भएको कारण सो कर अनिवार्य असुल गर्ने ब्यवस्थाका लागि उनले आग्रह गरे । बिज्ञापनका लागि बिज्ञापनदाता, विज्ञापन ऐजेन्सी, सञ्चार माध्याम, उपभोक्ता र होडिङ बोर्ड रहने गरेको उनले बताए ।

अब लोक कल्याकारी बिज्ञापन बितरण गर्नका लागि केही सुधार गर्न आवश्यक रहेको र त्यसमा दुर्गम, भाषाभाषी र मानव बिकास सुचाकांकमा पछाडी परेका क्षेत्रका सञ्चार माध्यामलाई आरक्षण दिने ब्यवस्थाका लागि आफुले बहस पैरवी गर्ने उनले बताए ।

कार्यक्रम बिज्ञापन बोर्डका कार्यकारी निर्देशक देवी खड्काले विज्ञानपनमा पनि नियमन हुन आवश्यक रहेको बताईन । सहभागी सञ्चारकर्मीहरुले जिल्लामा भोगेका समस्या र स्थानीय स्तरमा बिज्ञापन पाउन कठिन रहेको गुनासो गरेका थिए । हुम्ला जिल्लामा बिज्ञापनको अवस्था कसरी बढी रहेको छ भन्ने कुराको बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, केही सरकारी कार्यालयका प्रमुखको उपस्थिती भएपनि सर्केगार्ड गाउँपालिकाका अध्यष बाहेक अन्य गाउँपालिकाको उपस्थिती रहेको थिए ।