जिल्ला समन्वय समितिका सदस्य शाहीको निधन

फोटो क्याप्सन : निधन भएका जिल्ला समन्वय समितिका सदस्य शाही 

सि.टा. समाचारदाता

सिमकोट।       जिल्ला समन्वय समिति हुम्लाका सदस्य कर्णबहादुर शाहीको निधन भएको छ । क्यान्सर रोगवाट पिडित शाहीको आईतबार बिहान आफ्नै निवासमा मृत्यु भएको हो ।

चङ्खेली गाउँपालिका– ४ पिप्लाङमा स्थायी ठेगाना भएका जिल्ला समन्वय समितिका सदस्य शाहीको निधन भएको छ । ७० वर्षको उमेरमा सदस्य शाहीको निधन भएको हो । बिगत लामो समयदेखि उनी क्यान्सर रोगबाट पिडित हुदै आएका थिए ।

मेडिकल कलेज नेपालगंजमा उपचारपछि चिकित्सकको सल्लाह अनुसार उनी अस्पतालबाट कोहलपुरको घरमा औषधी सेवन गरि रहेका थिए । हिन्दु पराम्परा अनुसार शाहीको आईतबार बाँकेको राप्ती नदीमा अन्तेष्टी गरिने भएको छ । उहाँका श्रीमति, तिन छोरा र एक छोरी छन।