हुम्लावाट उपचारका लागि जुम्ला पठाईए अति कुपोषित शिशु र तिनका आमा

सि.टा. समाचारदाता
सिमकोट ।         अति कुपोषित देखिएका एघार जना शिशु र दश जना आमालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको छ ।

ताँजाकोट गाउपालिका–१ देखि ५ सम्मका सबै टोल बस्तीहरुमा पोषण लेखाजोखा गर्दा पाँच बर्ष मुनिका ती बालबालिकाहरुमा अति शिघ्र कुपोषण देखिएपछि थप उपचार तथा स्याहारका लागि प्रतिष्ठान जुम्लामा पठाईएको हो ।

अति शिघ्र कुपोषण मध्य १० आमा र ११ जना बालबालिकालाई पोषण पुनःस्थापना केन्द्रमा उपचार गर्नका लागि मङ्गलबार पहिलो चरणमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा पठाईएको सो गाउँपालिकाका स्वास्थ्य शाखाका खोप, पोषण तथा भिटामिन ए कार्यक्रमका सम्पर्क ब्यक्ति धनराज ढकालले बताए । अति कुपोषित मध्य बढी जोखिम भएका शिशुहरुलाई पहिलो चरणमा जुम्ला पठाउने कार्य भएको हो ।

यसरी शिशु सहित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाईएका आमाहरुमा ताँजाकोट गाउँपालिका– १ की पबिता कार्की, सुन्तली रिठाल र जुना कार्की, वडा नम्बर २ की मौसमी चदरा र बसन्ती कटुवाल, वडा नम्बर ३ की मिठा नेपाली, प्रेमकला नेपाली र बाँचु नेपाली रहनु भएको छ ।

त्यसैगरि वडा नम्बर ४ बाट कबिता नेपाली र वडा नम्बर ५ बाट ललिता रोकायालाई पनि पठाईएको छ । जुम्ला पठाईएका एघार जना शिशु मध्य मौसमी चदराका जुम्ल्याहा शिशु हुन ।

यसअघि यी शिशुको गाउँपालिकाभार पोषण लेखाजोखा वस्ती वस्तीमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका पुगेर कुपोषण पत्ता लगाउने कार्य भएको थियो ।

थप उपचार गर्न जुम्ला पठाउनका लागि प्रतिष्ठानसंग समन्वय भएकोमा प्रतिष्ठानले तत्काल पठाउन आग्रह गरेपछि मंङ्गलबार त्यसतर्फ पठाईएको हो । ती आमा तथा शिशु लिनका लागि प्रतिष्ठान जुम्लाबाट गाडी आएको थियो ।

अब ती शिशुहरुको प्रतिष्ठानको पोषण पूनःस्थापना केन्द्रमा निशुल्क रुपमा उपचार तथा स्याहार हुने छ । अझै ताँजाकोट गाउँपालिकामा