जिल्ला प्रहरी कार्यालय हुम्लाद्धारा उत्कृष्ट महिला प्रहरीलाई सम्मानीत

फोटो क्याप्सन बैशाख महिनामा उत्कृष्ट ठहरिएका प्रहरी सहायक निरीक्षक देउवालाई सम्मान पत्र प्रदान गर्दै प्रनाउ खड्का । तस्बिर : सि.टा.

सि.टा समाचारदाता

सिमकोट ।             बैशाख महिनामा उत्कृष्ट काम गर्ने प्रहरी जुनियर अधिकृत सम्मानीत भएका छन् । सोमबार एक कार्यक्रमको आयोजना गरेर प्रहरी नायव उपरिक्षक शंकर खड्काले ती जुनिअर अधिकृतलाई सम्मान गरेका हुन ।

यसरी बैशाख महिनामा राम्रो कार्य सम्पादन गरेर उत्कृष्ट महिना प्रहरी छनौट भएका प्रहरी बीटका प्रहरी सहायक निरक्षिक मानबहादुर देउवालाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो । उनले बैशाख महिनामा आफ्ना जिम्मेवारीको कार्य राम्रो सम्पादन गरेका थिए ।

त्यसमा प्रसनि देउवाले सिमकोट बजार क्षेत्रबाट ७४ कार्टुन चिनीया ँअवैध मदिरा बोरामा राखेर जीपमा ढुवानी गरेर ल्याई रहेको पत्ता लगाउने कार्य गरेका थिए । यस्तो कार्यमा उनको नेतृत्वले सफलता पाएकोले सो सम्मान गरिएको हो ।

विगतमा महिनै पिच्छे सिमकोट बजारमा चोरीका घटना समेत हुने तर प्रसनि देउवाको नेतृत्वमा वजार गस्ती हुन थालेपछि ती घटना समेत नियन्त्रण आएको प्रहरी बुझाई छ । यसरी समाजमा अमनचयन कायम गराउन सफल ड्यूटी अफिसरलाई सम्मान गर्दा थप हौसला बढ्ने भएको कारण पनि सम्मान गरिएको हो ।