सि.टा. समाचारदाता
सिमकोट । नीजि क्षेत्रको सीता एयरले अहिले पाँच बजेर पचास मिनेटमा सिमकोट बिमानस्थलमा उडान भरेको छ । मानसरोवर कैलाशको सिजन भएसंगै पर्यटकहरु भित्रिने चाप बढेपछि उक्त एयरले यसवर्षको सवै भन्दा ढिलो गरि उडान भरेको हो ।
अहिल पाँच वजेर पचास मिनेटको समयमा नेपालगंजवाट सिमकोटका लागि सीता एयरले उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहले बताए । पर्यटकीय सिजन सुरु भएको कारण जहाजहरुले बिहानैबाट बेलुकासम्म उडान भर्ने गर्छन ।
आईतबार बिहान खराव मौसमको कारण ढिलो गरि उडान भर्न सुरु भएको थियो । यो सहित उक्त एयरले आईतबार चार वटा उडान भरेको छ ।
अन्तिम उडानमा सिमकोटबाट सीताले छ वजेर बाह्र मिनेटमा नेपालगंजका लागि उडान भरेको छ । यस्तै गरि दिउसो तीन वजेसम्म समिट र तारा एयरले पनि दुई दुई उडान भरेका थिए । चार वटै उडानमा भारतीय धार्मिक पर्यटकहरु ओसार्ने कार्य भएको हो । अन्य बेला हावा बढेका भन्दै यी एयरलाईन्सहरुले दिउसो एक दुई वजेपछि उडान बन्द बन्द गर्छन ।























