सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्लाहरुमा उत्पादन हुने लट्टेको परिकारको बजार माग बढी हरेको छ । परम्परागत रैथाने बालीका रुपमा रहेको लट्टेलाई स्थानीय स्तरमा उपभोग कम गरिने भएको कारण यसको खेती नै कम गर्न थालेपछि उत्पादनमा कमी आएको हो ।
लोप हुने अवस्थामा रहेको हिमाली क्षेत्रमा फल्ने लट्टेको माग बढी तर उत्पादन कम हुने भएको कारण माग अनुसार पुर्याउन नसकिएको कर्णाली एग्रोभेट उद्योगमा सञ्चालक धनलाल चौलागाईले बताए ।
पहिले हुम्ला जिल्लामा धेरै उत्पादन हुने भएपनि स्थानीय उपभोग गर्न छोडेको कारण स्थानीय किसानले लट्टेको खेती गर्न नै छोडेको कारण यसको उत्पादन घटी रहेको हो । हाल जिल्लाका सकेगार्ड र चङ्खेली गाउँपालिकामा केही मात्रामा उत्पादन हुने गर्छ । वर्षमा पन्द्र क्वीन्टल लट्टे बिक्री आफुले गर्दै आएको उहाँको भनाई छ ।
त्यो पनि बस्तीका घरघरमा पुगेर खोजी गर्नु परि रहेको उहाँले बताउनुभयो । कृषकबाट ब्यापारीले प्रतिकेजी साठी रुपियाँमा लट्टे खरिद गर्ने गरिएको छ । उहाँले आफ्नो उद्योगले लट्टे दाना र फुलाएर खाजा प्याकिङ गरेर बिक्री गर्ने गरेको उनको भनाई छ ।
माग धेरै तर किसानबाट खरिद कम हुने भएको कारण वजारको माग पुरा गर्न नसकिएको होे । हाल काठमाडौं, पोखरा, नेपालगंज, सुर्खेत र तराईका जिल्लाबाट यसको माग बढी आउने गरेको छ ।
हिमाली जिल्लाका रैथाने उत्पादन मध्य अन्य चिनो, कागुनो, तिते फापर, मिठे फापर, सिमी, उवा, जौ र कोदोबाट खरिद मुल्यको बीसदेखि पच्चीस प्रतिशत फाईदा लिन सकिने भएपनि लट्टको दाना र परिकारबाट चालीसदेखि पैतालीस प्रतिशतसम्म फाईदा आउने गरेको छ ।
हाल किसानले लट्टे खेती एकल रुपमा नगरि अन्य वालीसंग मिसाएर लगाउने गरिन्छ । अब लट्टेको बिक्री बितरण मात्र नभएर यसको खेती बिस्तार गरेर उत्पादन बृद्धिका लागि आफु पनि लाग्ने उनको भनाई छ ।
























