कैलाश मानसरोवरको दर्शनका लागि गएका भारतीय पर्यटकको मृत्यु

फोटो क्याप्सन मृतकको पासपोर्ट । तस्बिर : सौजन्य, प्रहरी

सि.टा समाचारदाता
सिमकोट।      मानसरोवर कैलासको दर्शन गर्न जानु भएका एक जना भारतीय धार्मिक पर्यटकको मृत्यु भएको छ । रसुवााको केरुङ नाका हुदैं चीनको मानसरोवर कैलाशको दर्शन गरि फर्कने क्रममा ती पर्यटकको मृत्यु भएको हो ।

भारतको उत्तर प्रदेशका ६९ वर्षका एडी कुवर मेन कुँवर धार्मिक तीर्थस्थल कैलास मानसरोवर क्षेत्रमा दर्शन गरेर फर्कने क्रममा हृदयघाट भएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । मृतकसंग श्रीमति पनि संगै रहेकी थिईन ।

चीनको लामो बाटो स्थलगत यात्रा गरेर मानसरोवर पुगेका यात्रुको मृत्यु भएको हो । कैलास दर्शन गरेर फर्किएका ती नागरिकको लास अहिले चीनको ताक्लाकोट स्थित अस्पतालमा आइस भित्र राखिएको छ ।

रुङ नाकाबाट आएको र सोही नाकाबाट जाने कार्यक्रम भएपनि बीचमै मृत्यु भएपछि अहिले हिल्साबाट सिमकोट हुँदै नेपालगञ्ज लास लैजाने विषयमा प्रक्रिया अघि बढाउने काम भैरहेको छ । शोनी होलिडेज्बाट गएको उक्त यात्रुको लाश यता ल्याउने बारेमा भन्सार विभाव र अध्यागमन विभामा परामर्श भैरहेको छ ।

वर्षेनी हन्दु धर्मालम्बी र बौद्ध धर्मालम्बीहरुको ठूलो संख्यामाो कैलास मानसरोवरको दर्शनका लागि पर्यटकहरु जाने गर्नु हुन्छ । भारतीय तिर्थालुहरु ठूलो संख्यामा हुम्लाको हिल्सा र रशुवाको केरुङ नाकाबाट गर्दे आएका छन ।