बिहानैबाट कर्णाली करिडोरका खच्चामा सुख्खा पहिरोले सडक अबरुद्ध

फोटो क्याप्सन: खच्चाको सडकमा खसेको सुख्खा पहिरोले अवरुद्ध भएको सडक ।

सि.टा.समाचारदाता
हुम्ला ।          कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ खच्चामा मङ्गलबार बिहानबाट सडक अबरुद्ध भएको छ । सो क्षेत्रमा सुख्खा पहिरो खसेपछि यातायात सेवा अबरुद्ध भएको हो ।

खच्चामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात सेवा अवरुद्ध भएको छ । बिहान सबेरै माथिबाट सुख्खा पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पुर्ण रुपमा बन्द भएको हो ।

खच्चामा सडक अबरुद्ध भएपछि नेपालगंज र सुर्खेतबाट आई रहेका १३ वटा र माथिल्लो हुम्लावाट तल जान लागेको यातायातका साधन दश वटा खच्चा क्षेत्रमा रोकिएको यात्रु सन्तोस शाहीले बताए ।

आफु बिहान छ बजेबाट खच्चामा रोकिएको उहाँको भनाई छ । सुख्खा पहिरोले सडक अबरुद्ध भएपछि अहिलेसम्म खुलाउने प्रयान भएको छैन । भिरालो बलौटे माटो भएको सो क्षेत्रमा दैनिक जसो पहिरो गई रहने समस्या हुने गरेको छ । दिनमा कम्तीमा तीन चार घण्टा सुख्खा पहिरो खसेपछि यातायातका साधनहरु तीन चार घण्टा नरोकिएको दिनै छैन ।

सो पहिरो पन्छाउनका लागि कर्णाली करिेडोर दक्षिण खण्डको खुलालु सलीसल्ला सडक योजना कोल्टीलाई जानकारी गरिएको र सो कार्यालयले मेशिनको खोजी कार्य गरि रहेको जानकारी प्राप्त भएको छ ।