
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनबिचको सिमानाको समग्र अनुगमन र सिमास्तम्भको रेखदेख गर्ने कार्य भएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको ( विओपी ) टोलीले नियमित रुपमा सिमाना र सीमा स्तम्भको अवस्थाको जानकारी लिनका लागि अनुगमन गर्ने कार्य गरेको हो ।
हिल्सामा रहेको सशस्त्र प्रहरी विओपीका सुरक्षाकर्मीहरुले हिल्साबाट पश्चिम दक्षिणी क्षेत्रमा स्थापजना गरिएको चारदेखि एघार नम्बरका सीमा स्तम्भको रेखदेख तथा समग्र सिमानाको अवस्थाको अनुगमन गर्ने कार्य सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर विकले बताए ।
यी सीमा स्तम्भको खेलदेख तथा अनुगमन गर्न सशस्त्र प्रहरी सिमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरीलाई एक हप्ता समय लागेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर हुम्लाको प्रमुख जिम्मेवारी अनुसार सीमा अनुगमन कार्यलाई प्रमुख प्राथमिकता दिई कार्य सम्पादन गर्ने कार्य भएको होे ।
उक्त गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक नन्द बहादुर साउदले नेपाल चीनसंग जोडिएको अन्तराष्ट्रिय सीमा २६२ दशमलव ३ किलो मिटर क्षेत्रफलमा रहेका १५ वटा सीमा स्तम्भहरुको अभिलेखीकरण, वर्तमान अवस्था, र सीमा सम्बन्धी अन्य विबरणका वारेमा वस्तुगत जानकारी लिने कुरालाई प्राथमिकतामा राखी अनुगमन गर्ने कार्य भएको बताए ।
यी सीमास्तम्भहरु मध्य केही १ २ नम्बर रहेका छन ।सशस्त्र प्रहरी वल नेपाल बिओपी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद साप्कोटाको नेतृत्व रहेको टोलीलाई सिमा स्तम्भको अनुगमन गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी निरीक्षक साप्कोटाको टोलीले सीमास्तम्भ नम्बर ४ देखि ११ को अनुगमन गर्ने कार्य पुरा भएको होे ।
दुई देशविचको सिमाना अनुगमन तथा सीमा स्तम्भको रेखेदेख कार्यले अवस्था सन्तोसजनक रहेको बताउदै उनले यो कार्य वर्षको दुई पटक र अरु आवश्यक अनुसार गर्ने गरिएको बताउनुभयो ।
पाँच हजार २५० मिटर उचाईसम्म रहेका यी सीमा स्तम्भहरुको अनुगमन गर्न सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु बिहान छ वजे पैदल हिडेको टोली ४ नम्बर सीमा स्तम्भमा पुगेर बर ेलुका छ वजे मात्र चौकीमा फिर्ता आई पुगेको थियो । खाना समेत टोलीले तयारी खाना बोकेले खापु पर्ने अवस्था रहेको छ ।























