सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिले बालबिबाह अन्त्यका लागि रणनीतिक परामर्स गोष्ठी सम्पन्न भएको छ ।
गाउँपालिकाले बालबिबाह न्यूनीकरण सम्वन्धि रणनीतिक योजना तयार गरि रहेको बेला त्यसका लागि सरोकारवाला पक्षसंग सुझाव माग्नका लागि यो गोष्ठी आयोजना गरेको हो ।
गाउँपालिकाभर बाल बिबाह अन्तका लागि पाँच वर्षे रणनीतिक योजना तयार गर्ने कार्य भई रहेको र त्यस माथि राय सुझाव माग्ने कार्य गोष्ठीमा भएको नाम्खा गाउँपालिकाको योजना अधिकृत मोशनबहादुर शाहीले बताए ।
वडा र वस्तीस्तरमा पुगे सो रणनीतिको मस्यौदा तयार भएको र त्यो गोठीका सरोकारवाला पक्षलाई जानकारी गराउने र थप सुझाव माग्ने कार्य गोष्ठीमा भएको हो ।
यसका लागि बालबालि बिरुद्धको साझा अभियानको तर्फबाट गोकुल बुढाले वस्ती स्तरमा संकलन गरिएको तत्थ्याङ्क प्रस्तुत गरेका थिए । संकलन गरिएको तत्थ्याङ्क बाहेक थप सहभागीहरुलाई चार समुहका बिभाजन गरेर राय मागिएको थियो ।
सहभागीहरुले पनि आफ्ना सुझावहरु लिखित रुपमा पेश गरेका थिए । कार्यक्रममा युनिसेफ नेपालको कर्णाली प्रदेशका प्रमुख दिपक श्रेष्ठ, शिक्षा अधिकृत कुगां लामाले पनि कर्णाली प्रदेशको बालबालिकाको अवस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा, उपाध्यक्ष तकदिर लामा, प्रशासकीय अधिकृत पुर्षोतम देबकोट, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्य, बालक्लवका सदस्य लगाएको उपस्थिती रहेको थियो ।
























