दश वर्षे गाउँ शिक्षा योजना निर्माण गर्दै नाम्खा गाउँपालिका

फोटो क्याप्सन : गोष्ठीका सहभागीहरु । तस्बिर : सि.टा.

सि.टा.समाचारदाता
सिमकोट ।           जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले दश वर्षे गाउा शिक्षा योजना निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । बुधबार मस्यौदाको रुपमा तयार भएको उक्त गाउँ शिक्षा योजनाका लागि सरोकारवाला पक्षको सुझाव संकलन गर्ने कार्य भएको हो ।

गत चैत महिनावाट नाम्खा गाउँपालिकाले आधार बिकास नेपालको सहयोगमा दश वर्षे गाउँ शिक्षा योजना निर्माणको कार्य सुरु गरेको र त्यसको सुचना संकलन गर्ने कार्य तयार भएपछि बुधबार उक्त सुचना माथि सुझाव तथा राय संकलन गर्ने कार्य भएको नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्मुख डम्बर रखालाले बताए ।

आधार विकास नेपालका तालिम विज्ञ तोया प्रसाद अम्गाईले तीन महिना लगाएर तयार पारेको उक्त सुचनाको प्रस्तुती गरेका थिए । त्यसपछि सहभागीहरुबाट थप सुझाव र राय माग गर्ने कार्य गर्नका लागि सहभागीहरुलाई छ वटा समुहका विभाजन गरि बाह्र वटा शिर्षकमा राय मागिएको थियो ।

सवै समुहबाट आएको सुझावलाई तयार भएको सुचनामा आवश्यकताका आधारमा समावेश गरिनेछ । कार्यक्रमको समापनमा गाउँपालिका अध्इष प्रेमबहादुर लामाले यो योजनाले गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउ पुर्याउने बताए ।

तयार भएको गाउँ शिक्षा योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेको कार्यक्रममा वडा अध्यक्ष, शिक्षक, बिधार्थी, शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।