सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग गरिएको छ । बन्दको कारण उन्नाईस घण्टादेखि यात्रुहरु धुलाचौरमा अलपत्र परेको बन्दै उनीहरुलाई आफ्नो गन्तव्यतर्फ जाने ब्यवस्था गर्न र राज्यको कानून विपरित राजमार्ग अवरुद्ध गर्नेलाई कारवाहीको माग गरिएको हो ।
बन्दको बिरोधमा हुम्लामा वसेको सर्वपक्षीय बैठकले कानून विपरित गरिएको राजमार्ग बन्दकर्तालाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकार गृहमन्त्रालयलाई माग गरिएको प्मुख जिल्ला अधिकारी टेककुमार रेगमीले बताए ।
बैठकले अव्यवस्थापन सेवा सञ्चालन ऐन २०४१ को दफा ३ को उपदफा १ बिपरित जेठ २७ गते बेलुकाबाट धुलाचौरमा सडक अवरुद्ध गरि यात्रुहरुलाई अलपत्र पारेको, चालु आवको सालतमामको मुखैमा दैनिक उपभोग्य तथा निर्माणा समाग्री ढुवानीमा अवरोध भएको अवस्थालाई ध्यानमा दिई उक्त अवरुद्ध गर्ने ब्यक्तिहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
यथासक्य बन्द सुचारु गर्ने कार्य अगाडी बढाउन बैठकले माग समेत गरेको छ । बाजुरा र हुम्ला जिल्लाको सीमा विवादलाई लिएर दुई जिल्लाविच बिबाद चर्कदै गएको छ । बाजुराको धुलाचौरका स्थानीयले लाम्पाटा झपडका आरोपीलाई कानूनी दायरामा ल्याउन माग गर्दै सो बन्द गरेका हुन ।
























