सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग जिल्ला प्रशासन कार्यालय हुम्लालाई घेराउ गर्ने कार्य भएको छ ।
तीन दिनदेखि कर्णाली करिडोरका बाजुरा खण्डको धुलाचौरमा बन्द गरिएको कारण हुम्ला आउने र हुम्लावाट जाने यात्रु तथा यातायातका साधनहरु अलपत्र परेको भन्दै त्यसको बिरोधमा प्रशासन कार्यालय घेराउन कार्यक्रम गरिएको हो ।
बन्दको कारण तीन दिनदेखि यात्रुहरु धुलाचौरमा अलपत्र परेको भन्दै ती यात्रुहरुलाई आफ्नो गन्तव्यतर्फ जाने ब्यवस्था गर्न र राज्यको कानून विपरित राजमार्ग अवरुद्ध गर्नेलाई कारवाहीको माग गर्दै नारावाजी सहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम आयोजना गरिएको छ । यसै कार्यक्रमको लागि वडा अध्यक्ष सहित विभिन्न वडाबाट महिला पुरुषहरु सिमकोट आई पुग्नु भएको थियोपुगेका थिए ।
धुलाचौर बन्द खुलाउनु पर्यो, सिमाना अध्ययन समितिले काम चाँडो सुरु गर्न पर्यो, तत्थ्य , प्रमाण, भोग चलनका आधार लाम्टा च्याचौरको निमाना निर्धारण गर लगाएतका नारा सहभागीले प्रशासन कार्यालयको मुख्य प्रवेशद्धारा लगाएका थिए । त्यसैगरि खार्पुनाथ गाउँपालिका– ३ को राया, सिमकोट गाउँपालिका– ८ को स्याँडा, नाम्खा गाउँपालिकाबाट पनि सो बिरोध कार्यक्रमका लागि सिमकोट स्थानीय आई पुगेका हुन ।
बिरोध र्यालीमा सहभागी खार्पुनाथ गाउन्ँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले कानून विपरित गरिएको राजमार्ग बन्दकर्तालाई कारवाहीको दायरामा ल्याउन पर्ने, व्यवस्थापन सेवा सञ्चालन ऐन २०४१ को दफा ३ को उपदफा १ बिपरित जेठ २७ गते बेलुकाबाट धुलाचौरमा सडक अवरुद्ध गरि यात्रुहरुलाई अलपत्र पारेको, चालु आवको सालतमामको मुखैमा दैनिक उपभोग्य तथा निर्माणा समाग्री ढुवानीमा अवरोध भएको अवस्थालाई ध्यानमा दिई उक्त अवरुद्ध गर्ने ब्यक्तिहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरिएको बताए । यसअघि स्थानीयले एयरपोर्ट चोकबाट जुलुशले नारा सहित आएर प्रशासन घेराउ कार्यक्रम गरिएको हो ।























