सिमकोट पुर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषित

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिका शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुर्ण खोप दिगोपना सुनिश्चत गाउँपालिका घोषित भएको छ । यसका लागि तयार गरिएका सवै मापदण्ड पुरा भएपछि सिमकोट गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गरिएको हो ।

गाउँपालिकामा रहेका सोह्रदेखि ५९ महिनासम्मका सवै वालबालिकालाई सर्वै प्रकारका खोप लगाउने कार्य पुरा भएपछि पुर्ण खो दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए ।

यो घोषणा गर्न नब्बे प्रतिशत बालबालिकाहरुले सवै प्रकारका खोपहरु पाएको हुनु पर्ने कानून प्राव्धान रहेको छ । तर सिमकोट गाउँपालिकाका पन्चानव्वे प्रतिशत उमेर समुहका बालबालिकाले खोप पाएपछि यो कार्यक्रम गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष विजय भण्डारीले व्यानर पढेर यसको घाोषणा गरेका हुन ।

सिमकोट गाउँपालिकामा सोह्रदेखि ५९ महिनाका वालवालिका ८९० जना रहेका छन् । यसअघि पनि गाउँपालिकाले साउन र भदौ महिनामा सुक्ष्म योजना तयारी कार्यान्वयन। असोजमा स्वास्थ्य सुक्ष्म योजना तयार पारी अनुगमन, फागुन चैत महिनामा घरधुरी सर्वेक्षण, जसमा छुटेका वालवालिका पत्ता लगाउने र खोप दिने कार्य गरिएको थियो ।अर्को कुरा खोज र खोप कार्यक्रम सञ्चालन गरि आफ्नो लक्ष्य पुरा गर्ने कार्य पनि गरिएको थियो ।

गाउँपालिकाका आठ वटै वडालाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको र त्यसको खोप समन्वय समितिको अनुगमन पछि सिफारिसपछि यो कार्यक्रम आयोजना गरिएको हो । यसका लागि नौ वटा खोप केन्द्रहरुले खोप लगाउने कार्य गरका थिए ।

२८ जना स्वास्थ्यकर्मी मध्य १८ जना तालिम प्राप्त स्वास्थ्यकर्मी खोप अभियानमा परिचालन गरिएका थिए । विगत तीन आर्थिक वर्षदेखि सिमकोट गाउँपाकिाले यो कार्यक्रम गर्दै आएको छ ।

खोप अभियान सफल वनाउन सहयोग गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका, वडा कार्यालय, स्वास्थ्य सेवा कार्यालय, पत्रकार महासंघलाई कदर पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा बिधार्थी र स्वास्थ्यकर्मीबाट देउडा गाउने र नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, उपाध्यक्ष शुशिला भाम रोकाया, वडा अध्यक्षहरु बलविर शाही र नन्द रावत, रेडक्रस सोसाईटकी सभापति गणेश महत, उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, महिला स्वास्थ्य स्वयम सेविका कुसुम शाही, स्वास्थ्यकर्मी धुर्वराज सिंहले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख भण्डारीले सञ्चालन गरेका थिए भने सिमकोट गाउँपालिकामा खोवको अवस्था सम्वन्धि प्रस्तुती स्वास्थ्यकर्मी बसन्ती रावतले गरेकी थिईन ।