चरन क्षेत्रका लागि घोरेटो बाटो निर्माण

फोटो क्याप्सन : चरन क्षेत्रमा पशुवस्तु लैजानका लागि निर्माण गरिएको घोरेटो बाटो । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
हुम्ला ।        नयाँ घोरेटो बाटो निर्माण गरिएको छ । यसअघि पशुबस्तुलाई चराउन र गोठालालाई जानका लागि घोरेटो बाटो नभएको कारण नयाँ वाटो निर्माण गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँका पशुवस्त चराउन लैजाने बन क्षेत्र पानीमुल देखि काप्रेसम्मको घोरेटो बाटो निर्माण गर्ने कार्य पुरा भएको सो वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताए ।

यसअघि बाटो नभएको कारण पशुबस्तु चराउन लैजान असजिलो हुने गरेको कारण नयाँ घोरेटो बाटो निर्माण गरिएको छ । स्थानीय उपभोक्ता समितिद्धारा निर्माण गरिएको सो घोरेटोबाट ३७० मिटर लम्बाई र तीन मिटर चौढा रहेको छ । वडाको वजेटबाट सो बाटो निर्माण गरिएको छ । कुल लागत पाँच लाख रुपियाँ रहेको सो बाटो स्थानीयले पन्द्र दिनमा निर्माण कार्य सम्पन्न गरेका थिए ।