च्याछरा सडकमा सुरक्षाका लागि क्रस व्यारियर निर्माण

चट्टानी र भीरको क्षेत्र रहेको च्याछरा सडकमा निर्माण गरिएको क्र्स ब्यारियर । तस्बिर : सिटा.

सिमकोट ।           कर्णाली नरिडोर अन्र्तगत सिमकोट हिल्सा सडक खण्डको च्याछराको चट्टानी भीरको सडक क्षेत्रमा ढलान कार्य सम्पन्न भएपछि क्र्स ब्यारियर ( सडक सुरक्षा ) निर्माण गरिएको छ । सडकको तल कर्णाली नदी वग्ने र सडक क्षेत्र भीर पनि भएको कारण यातायातका साधनहरुलाई सुरक्षित यात्रा गर्न यसको निर्माण गरिएको हो ।

सिमकोट हिल्सा सडकको असजिलो र डर लाग्ने च्याछरा सडकमा क्र्स ब्यारियर निर्माण गर्ने कार्य पुरा भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए । यसको निर्माणले सडक दुर्घटनाबाट जोगाउनमा सहयोग पुग्ने बिस्वास गरिएको छ ।

सिमकोट हिल्सा सडकको ९५ किलो मिटर मध्य अधिकाँस क्षेत्रमा यसको निर्माण गर्नु आवश्यकता रहेको भएपनि पहिलो पटक च्याछरा खण्डको असजिलो सडकमा क्रस ब्यारिएर निर्माण गर्ने कार्य पुरा भएको होे । हाललाई च्याछरा सडकको पाँच सय मिटर सडकमा यसको निर्माण कार्य गरिएको छ ।

यातायातका साधन र यात्रुको सुरक्षाका लागि यस्ता क्र्यास ब्यारियरको निर्माण अति आबश्यक रहने भएको कारण उक्त सडकको स्तरोन्नती कै क्रममा यसको निर्माण गर्ने कार्य गरिएको होे । दुई महिना अगाडी मात्र उक्त सडकको ढलान कार्य पुरा भएको थियो ।

च्याछरा खण्डमा सडकको ट्रयाक खोल्ने कार्य गर्न मात्र दश वर्ष भन्दा बढी समय लागेको थियो । सडकको ट्रयाक खोल्ने कार्य पुरा भएर यातायातका साधन सञ्चालनमा आएपछि चालकले यात्रुहरुलाई झारेर खाली गाडी मात्र कुदाउने गर्थेे । विष्फोट गरेर सडकको ट्रयाक खोली सकेपछि त्यसको ग्रेड मिलाउन पनि निक्कै कठिन भएको थियो ।

जेनतेन सडकको ग्रेड मिलाउने कार्य भएपछि सो क्षेत्रको सडक ढलान गरिए पछि यात्रा सहज भएको थियो भने अब सो सडकमा क्र्स ब्यारियरको निर्माण कार्यले यात्रा निक्कै सुरक्षित सहज भएको बोलेरो जीप चालक सिंगम भण्डारीले बताए । सडकमा ढलान त्यसमाथि क्र्यास ब्यारिएरको निर्माणले सो क्षेत्रको सडक रमाईलो र यात्रुहरुको रमाउने स्थल पनि बनेको छ ।

च्याछरामा यसको निर्माण कार्य भएको र अब सिमकोट हिलसा सडककै आँसी कार्ना, याल्वाङ, नारा क्षेत्रको सडकमा पनि यस्ता क्र्यास ब्यारिएर निर्माण गर्न आवश्यक रहेको यात्रु तथा चालकको माग रहेको छ ।