बालबिबाह र बालश्रमका बिरुद्ध जिल्ला बाल सभा

फोटो क्याप्सन सभामा सहजिकरण गर्दै प्रजिअ रेगमी । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता

सिमकोट । पछिल्लो समयमा बढ्दै गएको बालबिबाह बिरुद्ध जिल्ला बाल सभा आयोजना गरिएको छ । बालबिबाह न्यूनीकरण र यो कानूुन बिरुद्धको कार्य हो भन्ने जानकारी बालबालिकालाई प्रत्यक्ष सहभागितामा गराउनका लागि यो जिल्ला सभा आयोजना गरिएको हो ।

जिल्लाका चार वटा गाउँपालिकाका विद्यालयका बिधार्थीहरु र जिल्लाका सरोकारवाला पक्षको सहभागितामा जिल्ला बाल सभा सदरमुकाम सिमकोटमा आयोजना गरिएको किर्डाक हुम्लाका जिल्ला संयोजक जनक बुढाले बताए । पछिल्लो समय बालश्रम जिल्लामा कमै भएपनि बालबिबाहका घटनाहरु बढ्दै गएको सन्दर्भमा यो किन र कसरी बढी रहेको छ भन्ने कुराका जानकारी बालबालिकाबाटै वाहिर ल्याउनका लागि यो कार्यक्रम सहयोगी हुने बिस्वास गरिएको छ ।

जिल्ला बाल सभाको पहिलो दिन प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बालबिबाह र बालश्रम न्यनीकरणका स्थानीय प्रशासनको भूमिका र आगामी योजना सहन्यायधिबक्ता निसा केसीले नेपालको प्रचलित कानुनमा बालबिबाह र बालश्रमका सन्दर्भमा भएको ब्यवस्था र कानूनी निरुपणका बारेमा, प्रहरी नायव उपरिक्षक शंकर खड्काले बालबिबाह र बालश्रमको सन्दर्भमा कानूनी कारवाहीका लागि प्रहरीको भुमिका, प्रकृयाका बारेमा रसिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले बालबिबाह र बालश्रम न्यनीकरणका लागि स्थानीय तहको नीति तथा कार्यक्रमका बारेमा सहजिकरण गर्ने कार्य भएको थियो ।

त्यसपछि सहभागी बिधार्थीहरुलाई चार वटा समुहमा विभाजन गरेर ती मध्य दुई वटा समुहले विद्यालय र समाजको बालबिबाहको अवस्था, त्यसैगरि विद्यालय र समाजमा बालश्रमको अवस्थाका बारेमा समुह छलफल गर्ने कार्य भएको थियो । त्यसैगरि अर्का दुई वटा समुहले बलबिबाह र बालश्रमको न्यूनिकरण र समाधानका लागि कस्को के भूमिका र कति योगदान पुर्याएका छन भन्ने निष्कर्ष निकालिएको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन सत्रमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंह, प्रजिअ रेग्मी, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, गैसस महासंघका अध्यक्ष जनक बुढाले शुभकामना मन्तव्य दिएका थिए । दुई दिने सभामा असार १ गते सहभागी बिधार्थीहरुले समाजमा देखिएका समस्याका बारेमा सवाल जवाफ गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रम गुड नेनर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग, किडार्क नेपालको प्राविधिक सहयोग र रेडियो कर्णाली आवाजको आयोजनामा सञ्चालन भएको हो ।