सि.टा. समाचारदात
सिमकोट । हुम्लाका जनप्रतिनिधिहरु र राजनीतिक दलका नेताहरु जिल्ला प्रशासन कार्यालयमा धर्नामा वस्नु भएको छ । हुम्ला र वाजुरा जिल्लाको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा राानीखर्क संरक्षण अभियानले सोमबार जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धारमा सो कार्यक्रम आयोजना गरेको हो ।
बिबाद समाधान भन्दा पनि एक तर्फी रुपमा लाम्पाटामा सम्युक्त सुरक्षा वेस क्याम्प स्थापना गरेको भन्दै हुम्लावासीको तर्फबाट जनप्रतिनिधिहरु, राजनीतक दलका नेता र नागरिक समाजका अगुवाहरुद्धारा जिल्ला प्रशासन कार्यालय अगाडी भर्ना बस्ने कार्य भएको अभियानका संयोजक प्रकाश बहादुर शाहीले बताए । त्यसैगरि अभियानले धर्नामा वस्नको कारण खुलाउदै मागहरु सरकारसंग राखेको छ ।
जसमा लाम्पाटामा सहमति विना र पुर्वाग्राही ढंगले स्थापना गरिएको सम्युक्त सुरक्षा वेस क्याम्प नेपाल सरकारद्धारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरिन्जेलसम्म वाजुराको गुम्बामा स्थापना गर्नुपर्ने, मानवीय सम्वेदनशीलता र अत्यावश्यक कामसंग जोडिएको राष्ट्रिय राजमार्ग कर्णाली करिडोर पटक पटक बन्द गर्ने निहीत स्वार्थ र शर्त अन्त्य गर्नुपर्ने, अभद्र व्यवहार र वन तस्करी मुद्दाका बाजुरेली अभियुक्तहरुलाई तुरुन्त पक्राउ गरि निर्दोश हुम्लीमाथि लगाईएको झुट्टन मुद्दा खारेज गनुशृ पर्ने र प्रमाण भन्दा प्रतिशोध अनि भुगोल भन्दा गुगलको आधारमा बाजुराले प्रायोजित रुपमा सिर्जना गरिएको सिमा विवाद अन्त्य गर्न अभियाले यथासक्य कार्य प्रारम्भ गरि प्रतिबेदन सार्वजनिक गर्नुपर्ने मागहरु रहेको छ ।
धर्ना कार्यक्रमको समापन मा नाम्खा गाउँपालिका ३ का वडा अध्यक्ष ग्याम्जो लामा, संयोजक शाहीले आफ्नो मन्तव्य राखेका थिए । धर्ना कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह, सिमकोट र नाम्खा गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, तकदिर लामा, नेपाली काँग्रेसका उपसभापति बसन्त रोकाया, एमाले उपाध्यक्ष शाही, रास्वपा प्रतिनिभि कर्णविर बहादुर शाही, वडा अध्यक्ष, उद्योग वाणिज्य संघ, नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो
























