सीमा विवादका लागि गठित अध्ययन समितिको टोली हुम्लामा

फोटो क्याप्सन टोलीलाई सिमकोट बिमानस्थलमा स्वागत गरिदै ।

सि.टा. समाचारदाता

सिमकोट ।        वाजुरा र हुम्ला जिल्लाको सिमा विवादका लागि गठिन अध्ययन समिति हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा आई पुगेको छ । दुई जिल्लाको सिमा विवादको यथार्थ अध्ययनका लागि नापी बिभागका उपमहानिर्देशक एवं अध्ययन समितिका संयोजक शुशिल डंगोलको टोली हुम्ला अई पुगेको हो ।

सरकारद्धारा गठन गरिएको सिमा विवाद अध्ययन टोली सिमकोट आई पुगेको छ । अध्ययन समितिका संयोजक डंगोलको नेतृत्वमा पाँच सदस्यहरु पनि हुम्ला आई पुगेको हो ।

टोलीमा प्रधानमन्त्री कार्यालय तथा मन्त्री परिषद कार्यालयका उपसचिव हरि प्रसाद गुरागाई, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका उपसचिव खिमानन्द अर्याल र सुदुरपश्चि प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव नारायण शाह हुम्ला आई पुगेका छन ।

नेपालगंजबाट हवाई मार्गबाट सिमकोट आई पुगेको अध्ययन टोलीले बिहीबार दिउसो हुम्लाका जनप्रतिनिधि, राजनीति दलहरु, नागरिक समाज, जेष्ठ नागरिकसंग छलफल गर्ने कार्यक्रम रहेको प्रजिअ रेगमीले बताए । बिहीबार हुम्लामा छलफल गरेर टोली शुक्रबार बाजुराको मार्तडीतर्फ पैदल मार्गबाट लाग्ने छ ।

 

दुई जिल्लाको सिमा क्षेत्र लाम्पाटामा गत जेठ ३ गते झपड भएको थियो । त्यसपछि सरकारले जेठ ११ गते डंगोलको संयोजकत्वमा सिमा विवाद अध्ययन समिति गठन गरैको थियो । बुधावार सुर्खेतबाट सो टोली हेलिकोप्टरमा लाम्पाटा पुगेर सुर्खेत फिर्ता भएको थियो ।

लाम्पाटा झडपको छानवीन गर्न यसअघि गृहमन्त्रालय नेपाल प्रहरीका एसएसपी बिमलराज पौडेलको संयोजकत्वमा एक जाँचवुझ समिति गठन गरेको थियो । सो समितिले दुवै जिल्लाको स्थलगत अध्ययनपछि प्रतिबेदन गृह मन्त्रालयमका बुझाई सकेको छ ।