राष्ट्रिय महिला सामुदायीक स्वयमसेविकालाई जिल्ला अस्पतालद्धारा निशुल्क उपचार सुरु

फोटो क्याप्सन सम्झौतामा हस्ताक्षर गरि सकेपछि हस्तान्तरण गर्दै अध्यक्ष भण्डारी र चिकीत्सक तिवारी । तस्बिर : सि.टा.

सि.टा.समाचारदाता
सिमकोट ।              स्वास्थ्य सेवा कार्यालय अन्र्तगतका जिल्ला अस्पतालले राष्टिय «महिला सामुदायिक स्वयमसेविकाहरुको सबै खाले उपचारहरु निशुल्क गर्न सुरु भएको छ । यसका लागि स्वास्थ्य सेवा कार्यालय र सिमकोट गाउँपालिकाबिच भए सम्झौता पत्रमा हस्ताक्षर भएर लागु गरिएको हो ।

सिमकोट गाउँपालिकाका आठ वडै वडाहरुमा हाल सेवा प्रदान गर्दै आएकी राष्ट्रिय महिला सामुदायीक स्वयमसेविकाको सबै खाले रोगका उपचार निशुलक गरिने स्वस्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताए ।

यसका लागि कार्यालय र सिमकोट गाउँपालिकाविच एक समझौता पत्रमा हस्ताक्षर समेत भएको र त्यो सोमबारबाट लागु गरिएको छ । सिमकोट गाउँपालिकामा ४५ जना महिला स्महिला सामुदायीक स्वयमसेविकाहरु विभिन्न वस्तीका स्वास्थ्य संस्था मार्फत काम गर्दै आएको छ । उनीहरु सवैको जिल्ला अस्पतालमा गर्न सकिने रोगको उपचारमा पुर्ण रुपमा निशुल्क सेवा प्रदान गरिने छ ।

स्वास्थ्य क्षेत्रमा करिव चार दर्शकदेखि स्वयम सेवा गरि जिल्लाका मातृ तथा शिशु मृत्युदरमा कम गर्न र स्वास्थ्य क्षेत्रमा जनचेतना फैलाउन अमुल्य योगदान गर्नु हुने राष्ट्रिय महिला सामुदायिक स्वयमसेविकाहरुको उच्च कदर गर्दै सिमकोट गाउँपालिकाका ती स्वयमसेविकालाई जिल्ला अस्पताल हुम्लामा उपलब्ध सम्पुर्ण सेवा निशुल्क प्रदान गर्न सुरु भएको होे ।

सम्झौतामा निशुल्क उपचार गनृ सकिने मिति नखुलाएको भएपनि लामो समयसम्म सेवा प्रदान गर्न सकिने छ । यसका लागि सवै स्वयमसेविकालाई जानकारी गाउँपालिकाले गराउने वताउदै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सो सेवा लिनका लागि स्वयमसेविकालाई गाउँपालिकाले परिचय पत्र उपलब्ध गराउने बताए ।

आफ्नो स्वास्थ्य उपचार गर्न अस्पताल जाने क्रममा स्वास्थ्य स्वयमसेविकाले अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्नेछ । न्यनू पारिश्रमिकमा काम गर्दै आउनु भएका स्वयमसेविकालाई यसले ठुलो राहत पुग्ने छ । जिल्ला अस्पतालको यो कार्यबाट थप काम गर्न हौसला मिलेका उहाँले बताउनुभयो ।