सशस्त्र प्रहरीद्धारा दोभाषे उत्पादन गर्न चिनीयाँ तथा तिब्बती भाषाको तालिम

फोटो क्याप्सन सशस्त्र प्रहरी र हुम्लाका युवाहरुलाई तिब्बती भाषाको दोभाषे तालिम प्रदान गरिदै ।

सि.टा. समाचारदाता

सिमकोट ।     सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोट हुम्लाले सशस्त्र प्रहरी र स्थानीय युवाका लागि दोभाषे उत्पादन गर्न चिनीयाँ तथा तिब्बती भाषाको तालिम प्रदान गरेको छ ।

हुम्ला जिल्ला चीनसंग सिमा जोडिएको कारण उक्त भाषाको आधाुरभुत तालिम प्रदान गरिदा सिमा क्षेत्रमा केही रुपमा भएपनि भाषगत समस्या समाधान सहयोग पुर्याउनका लागिसशस्त्र प्रहरीले यो तालिमको ब्यवस्था गरेको हो ।

हाल सिमा क्षेत्र हिल्सामा भाषागत समस्या भई रहेको कारण थोरै भएपनि उक्त समस्या समाधान गर्नका लागि चिनीयाँ तथा तिब्बती भाषाको आधारभुत तालिम स्थानीय युवा र सशस्त्र प्रहरी जवानदेखि जुनियर अधिकृतहरुलाई दोभाषे उत्पादन गर्नका लागि प्रदान गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउदले बताए ।

हाल दुई देशको सिमा क्षेत्र हिल्सामा भाषागत समस्या भई रहेको छ । त्यो समस्या समाधानका लागि सहयोग पुर्याउनका लागि स्थानीय युवा र सशस्त्र प्रहरीका पैतीस जना जनशक्तिलाई उक्त भाषाको तालिम प्रदान गरेर दोभाषे उत्पादन गर्न सहयोगी हुने छ ।

भाषागत समस्याको कारण कतिपय बेला हिल्सामा दुई देशका सुरक्षाकर्मीहरुविच ईशाराले काम गर्नु पर्ने अवस्था रहेको छ । यो तालिमले. सिमा सुरक्षाका लागि समन्वय र सहकार्य गर्न सहयोग पुग्ने देखिएको छ । तालिममा सामान्य औपचारिकता निभाउने र दैनिक प्रयोगमा आउने भाषा सिकाउने प्रयत्न गरिएको छ ।

हाल हरेक वर्ष सिमा क्षेत्रको सुरक्षाका लागि दुई देशका स्थानीय सुरक्षा अधिकारीविच बैठक बस्नु परे अन्यत्रबाट दोभाषे प्रयोग गर्नु परि रहेको छ । यो तालिमले सो समस्या पनि समाधानमा सहयोग पुग्ने बिस्वास प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

तालिम पश्चात सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई भाषागत समस्या समाधानमा सहज हुने र दुई देशका स्थानीय प्रशासनविच बस्ने सिमा सुरक्षा वैठकमा दोभाषे सुरक्षाकर्मी भए झनै राम्रो हुने छ । सशस्त्र प्रहरीले तिब्बती भाषाको जानकार राखेपछि सिमा क्षेत्र हिल्साका स्थानीयलाई पनि सहयोग पुग्ने बिस्वास गरिएको छ ।

यसका लागि सात जना सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकी हिल्साका जनशक्ति, पाँच जना स्थानीय युवा र तेईस जना गुल्मका जनशक्तिहरुको सहभागिता रहेको छ । तालिम एक हप्ता प्रदान गरिएको हो ।

यसका लागि चीनको तिब्बती भाषाको ज्ञान राख्ने दुई जना सशस्त्र प्रहरी र एक जना हुम्ला कै युवालाई सहजकर्ताको रुपमा प्रयोग गरिएको छ । यो तालिमको ब्यवस्थापनको जिम्मा सशस्त्र प्रहरीले गरेको हो ।