सि.टा. माचारदाता
सिमकोट । बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयविच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीय माथि कुटपिट र अभद्र ब्यवहार गर्ने पक्राउ पुर्जी जारी भएका मध्य दुई जनालाई प्हरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा सो मुद्धा दर्ता भए लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपीलाई पक्राउ पुर्जी जारी गरेको र बाजुरा प्रहरीको सहयोगमा निजहरु पक्राउ परेका हुन ।
कवाडीमा गाडीमा यात्रा गरेर हुम्लातर्फ आई रहेका यात्रुहरुलाई कुटपिट गर्ने र अभद्र ब्यबहार गर्ने बाजुरा जिल्लाका चार मध्य दुई जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव निरीक्षक जंगबहादुर सिंहले बताए ।
उनहिरु दुवै जना मंगलबार जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याई पुर्याईएको हो । यसरी प्रक्रम पर्नेमा वाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ का ४५ वर्षका नर गुरुङ र सोही वडामा चीनबहादुर मल्ल रहेका छन ।
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाईएको थियो । मुद्धामा छानविन जिल्ला प्रशासन कार्यालयबाट हुने कानूनी ब्यवस्था छ ।
अव अभद्र ब्यबहार मुद्धाका आरोपीहरु मध्य बाजुरा जिल्ला हिमाली गाउँपालिका— ५ वर्षे ३५ विनोद बुढा र वर्ष ३५ को दलबहादुर मल्ल प्रहरीले पक्राउ गर्न बाँकी रहेको छ । उनीहरुको पनि खोजी भई रहेको छ ।
उनीहरुले गत जेठ ७ गते लाम्पाटा झपडलाई लिएर बाजुराको धुलाचौर बन्द गरेको बेला स्थानीय प्रशासनको प्रयासपछि बन्द खलाउने कार्य भएकोले धुलाचौरमा रोकिएका गाडी सञ्चालनमा आएपछि दुई जिल्लाको सिमाना कवाडीमा कुटपिट तथा लखेट्ने, अपशब्द बोल्ने कार्य गरेको भन्दै घटनाबाट पिडित तीन जनाले प्रहरी कार्यालय हुम्लामा मुद्धा दर्ता गराएका थिए ।
उक्त मुद्धामा दश हजार रुपियाँसम्म जरिवाना एक वर्षसम्म जेल सजाय हुने सक्ने कानूनी ब्यवस्था रहेको छ । त्यसैगरि काठ कटानी र डाँफे मारेको आरोप लगाउदै बाजुरा कै अर्को दुई जनालाई पनि डिभिजन बन कार्यालय हुम्लामा मुद्धा दर्ता भएको र ती दुई जनाका बिरुद्ध पनि पक्राउ पुर्जी जारी भएपनि पक्राउ गर्न बाँकी रहेको छ ।
























