पुर्व शिक्षक मल्ल दम्पतीद्धारा विद्यालयको अक्षय कोषका लागि एक लाख सहयोग

फोटो क्याप्सन अक्षय कोषका लागि एक लाखको चेक विद्यालयलाई हस्तान्तरण गर्दै पुर्व शिक्षक मल्ल दम्पती ।

सि.टा. समाचारदाता
सिमकोट । पुर्व शिक्षक कमल बहादुर मल्ल र कुशुम मल्लले मानसरोव माध्मिक विद्यालयमा अक्षय कोष स्थापनाका लागि उक लाख रुपियाँ सहयोग गरेका छन् ।

विद्यालयको नाममा अक्षय कोष स्थापना गर्न र त्यसबाट आउने ब्याजको रकमले बिधार्थीलाई छात्रबृद्धि प्रदान गर्नका लागि सो रकम सहयोग गरिएको हो ।

विद्यालय छोडेको २३ वर्षपछि हुम्लामा आएर पुर्व शिक्षक मल्ल मल्ल दम्पतीले विद्यालयमा अक्षय कोष स्थापनाका लागि एक लाख रुपियाँको चेक सहयोग गरेको उक्त विद्यालयका प्रधानाध्यापम अमरबहादुर शाहीले बताए ।

 

यो रकमबाट विद्यालयको अध्यक्ष कोष स्थापना गर्ने र त्यसबाट आउने ब्याजको रकमले सो विद्यालयबाट वर्षेनी एसईई परिक्षामा सवै भन्दा वढी जिपिए ल्याउने बिधार्थीलाई छात्रबृद्धि प्रदान गरिने छ । मल्ल दम्पदीले आफुले पहिले पढाएको विद्यालयमा बिधार्थीहरुको उच्च शिक्षा अध्ययनमा केही सहयोग पुगोस भने सो रकम सहयोग गरेका हुन ।

उनका दम्पती २०४२ सालमा हुम्ला आएर मानसरोवर माविमा अध्यापन गर्दै आएका थिए । २०६० साल वैशाखका उहाँ उहाँको जोडी हुम्ला छोडेर गएबका थिए ।

हुम्ला छोडेको २३ वर्षपछि हुम्ला आएर यो सहयोग गरेका हुन । विद्यालयमा आएका पुर्व शिक्षक मल्ल दम्पतीलाईलाई विद्यालयले परिवारले स्वागत समेत गरेको थियो ।