प्रदेश स्तरीय फुटबल प्रतियोगितामा हुम्लाको पेनाल्टी सुटआउटबाट विजयी सुरुवात

फोटो क्याप्सन डोल्पा र हुम्ला टिम भिड्ने तयारीमा ।

सि.टा. समाचारदाता
सिमकोट । हाल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन भई रहेको प्रदेश स्तरीय फुटवल प्रतियागितामा हुम्ला जिल्लाको विजयी सुरुवात भएको छ । राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी समेत छनौट हुने सो प्रतियोगिता नकाउट चरणमा खेलहरु खेलाईएको छ ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा हुम्लाले डोल्पालाई पराजित गरेर सेमिफाईनलमा प्रवेश गरेको छ ।

नब्बे मिनेटको खेलमा हुम्ला जिल्लाले धेरै अवसर प्राप्त गरेको भएपनि त्यसलाई हुम्लाका खेलाडीहरुले परिणाम निकाल्न सकेनन् ।

त्यसैगरि सो अवधिमा डोल्पा जिल्लाले पनि अवसर प्राप्त गरेपनि गोृलमा परिणत गर्न सकेका थिएनन । सो अवधिमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा हुम्ला जिल्लाका तीनका बिरुद्ध चार गोल गर्दै परिणाम आफ्ना पक्षमा पार्न सफल भएको थियो ।

पेनाल्टी सुट आउटमा हुम्लाले एउटा गोल मिस गरेको थियो भने डोल्पाले दुई गोल मिस गरेको थियो । अव शनिबार हुने पहिलो क्वाटर फाईनलमा हुम्लाले दैलेखसंग भिड्नेछ ।

आजको खेलको म्यान अफ द म्याचमा हुम्लाका गोलकिपर छिरिङ लामा छनौट भएका थिए । उनले प्रतियोगिता पनि नगद एक हजार पाँच सय रुपियाँ प्रदान गरिएको थियो । प्रतियोगितामा दश वटै जिल्लाको सहभागिता रहेको छ ।

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यी खेलहरुबाट कर्णाली प्रदेशबाट खेल्ने खेलाडी समेत छनौट गरिनेछ । बिहीबार सुरु भएको खेलमा रुकुम पश्चिमले मुगुलाई हराएको थियो भने अर्को खेलमा कालीकोटलाई सुर्खेतले हराएकोृ थियो ।