सेन्टरले राहादेउ र रोडिकोटमा स्वास्थ्य शिबिर सञ्चालन गर्दै

फोटो क्याप्सन स्वास्थ्य शिबिर सञ्चालन हुने स्थानतर्फ जाने तयारीमा चिकीत्सक सहितको टोली ।

सि.टा. समाचारदाता
सिमकोट।  सर्केगार्ड गाउँपालिकाको दुर दराजका वडाहरुका एकिकृत स्वास्थ्य शिबिर सञ्चालन गर्न लागिएको छ । दुर्गमका बिरामीहरुलाई बिशेषज्ञ चिकीत्सक सहितका स्वास्थ्यकर्मीको उपस्थितीमा शिबिर आयोजना गर्न लागिएको हो ।

सामाजिक सेवाभाव र सामाजिक उत्तरदायित्व अन्र्तगत असार २० र २१ गते सर्केगार्ड गाउँपालिकाका दुई वटा वडाहरु वडा नम्बर ७ र ८ मा एकिकृत स्वास्थ्य शिबिर आयोजना गर्न लागिएको हेल्थअस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताए ।

तीन जना चिकीत्सक र स्वास्थ्यकर्मीको उपस्थितीमा राहादेव र रोडीकोट गाउँमा स्वास्थ्य शिबिर सञ्चालन गर्ने र स्थानीयलार्य घरआगन मै स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए ।

यसका लागि जिल्ला अस्पतालकाट चिकीत्सक भिम बुढा र विवेश याद तथा सर्केगार्ड गाउँपालिकाका चिकीत्सक ईश्वरी पौडेलले उपचार गर्नेछन् ।

त्यसैगरि सर्केगार्ड गाउँपालिकाका स्वास्थ्यकर्मी र रोडीकोट स्वास्थ्य चौकी तथा राहदेव स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरु पनि परिचालन हुनेछन् । केन्द्रले सञ्चालन गर्ने शिबिरमा १५० किसिमका औषधीहरु निशुल्क रुपमा बितरण गरिनेछ ।

त्यसैगरि शिबिरमा चिकीत्सकहरुबाट चेकजाँच, स्त्रीरोग, नाक काँन र घाँटीको उपचार, सुगर तथा प्रेशसर चेकजाँच हुनेछ । बाल रोग पनि उपचार हुनेछ । त्यसैगरी बिरामीको आवश्यकता अनुसार भिडियो एक्सरे पनि गरिनेछ । यसका लागि सम्पुर्ण आर्थिक सहयोग सेन्टरको रहनेछन ।

यसअघि पनि पटक पटक सेन्टरले यस्ता शिबिर सञ्चालन गर्दै आएको छ । यसका लागि विदेश मै वसेर हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका – ५ ताक्लाका चिकीत्सक हर्कसिंह भण्डारी आर्थिक सहयोग जुटाई रहेका छन् भने हुम्ला मै रहेका उनका बुवा ग्वामसिंह भण्डारीले सहजिकरण गरि रहेका छन ।