सि.टा. समाचारदाता
सिमकोट । रहेक वर्ष सञ्चालन हुने सिमकोट गाउँपालिकाको बालमन्दिर माविका बालमन्दिर स्टारको पहिलो चरणबाट पच्चीस जना कलाकार छनौट भएका छन । प्रतियोगितात्मक रुपमा छनौट हुने यी नवप्रतिभाहरु गायन क्षेत्रबाट छनौट हुने गरेका छन ।
“ सृजनाको सम्मान, प्रतिभाको पहिचान र आत्म बिस्वासको सम्मान” भन्ने मुल नार। सहित रहेक वर्ष आयोजना हुने बालमन्दिर स्टारका लागि सहभागी मध्यबाट पहिलो चरणबाट दोस्रो चरणमा पच्चीस जना नयाँ प्रतिभाहरुले प्रवेश गरेका छन ।
विद्यालयले शुक्रबारीय अतिरिक्त कृयाक्लाप अन्र्तगत यो कार्यक्रम आयोजना गरेर नयाँ प्रतिभाहरुको खोजी गर्ने कार्य गरेको छ । यसका लागि विद्यालयका सवै तहका गरि सत्तरी जनाले आफ्नो सहभागिता जनाएको र ती मध्य पहिलो चरणबाट दोस्रो चरणमा पच्चीस जना छनौट भएको विद्यालयले जनाएको छ ।
अन्तिम गएर एक जना नवप्रतिभा बालमन्दिर स्टार छनौट हुनेछन् । यो प्रतियोगिताले बिधार्थीहरुमा भएको कलालाई बाहिर उजागर गर्न सहयोग मिलेको छ र बिधार्थीहरुले पनि आफुमा भएको प्रतिभालाई सहज प्रस्तुत गर्ने बानकिो बिकासमा पनि यसले टेवा पुर्याएको छ ।
























