सि.टा. समाचारादाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको शाखा र डिपोबाट एक वर्षका ६१५ जन्म र मृत्युका घटनाका लागि खाद्यन्न सहयोग गरिएको । २०७३ सालबाट लिमीटेडले जन्म र मृत्युका घटनाका लागि प्रतिघटना बीस केजी खाद्यान्न निशुल्क रुपमा प्रदान गरिदै आएको हो ।
कुल खाद्यान्न सहयोग गरिएका घटनाहरुमा जन्ममा ५५२ वटा र मृत्युका ६३ वटा रहेका छन । यसका शाखा कार्यालय सिमकोटबाट जन्म र मृत्युका ३०५ वटा, डिपो कार्यालय सर्केगार्डबाट १७१ वटा र डिपो कार्यालय श्रीनगरबाट १३९ वटा रहेको लिमीटेड हुम्ला शाखाका प्रमुख कृष्ण पुनमगरले बताए ।
यी घटनाका लागि १८४ दशमलव पचास क्वीनटल खाद्यान्न बितरण गरिएको छ । जन्म र मृत्यका घटनाका लागि निशुल्क खाद्यान्न पाउन सेवाग्राहीलाई शाखाबाट एक लाख त्रिहत्तर हजार रुपियाँ, डिपो कार्यालय सर्केगार्डबाट एक लाख अठ्ठाईस हजार डिपो कार्यालय श्रीनगरबाट सत्तरी हजार पाँच सय रुपियाँ ढुवानी समेत प्रदान गरिएको छ ।























