सि.टा. समाचारदाता
सिमकोट । सुत्केरी भएको छ दिन भएकी एक जना महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको छ । शरिरमा रगतको कमी हुँदै आएकी ती सुत्केरी महिला शुक्रबार बिहान एक्ककासी बेहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
नाम्खा गाउँपालिका– ३ को खगलागाउँकी ढिकीसाङमु लामा तामाङ सुत्केरी भएको छ दिनमा रगतको कमीले बेहोस भएपछि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धरा गरिएको जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन ।
कात्तिक १५ उनीघर मै सुत्केरी भएकी थिईन। सुत्केरी भई सकेपछि लामालाई खगालगाउँबाट सिमकोट ल्याईएको थियो । शरिरमा रगतको कमी भएको र एक्कासी बेहोस हुँदा बिहान अस्पताल ल्याईएको थियो ।। अस्पतालमा सुत्केरी महिलाको उपचार गर्न नसकने भएपछि सुर्खेत रिफर गरिएपछि हेलिकोप्टरबाट उद्धार भएको हो। ३४ वर्षकी लामाको यो तेस्रो सन्तान हो ।
सुत्केरी लामाको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट आर्थिक ब्यहोर्ने गरि सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुत्केरी लामाको उद्धार गरिएको हो । नवजात शिशुको अवस्था भने राम्रो रहेको छ । यस आवको दोस्रो उद्धार हो ।









