
सि.टा. समाचारदाता
सिमकोट । आज तीन वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। यस्तै, देशभर मनसुनी वायुको प्रभाव कायम छ। आज दिउँसो कर्णालीका केही, गण्डकी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका १–२ स्थानमा मेघ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । आज राति कर्णालीका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।











