काठमाडौं अवतरण भएको ’भिस्तारा’को जहाजमा बमको हल्ला, जाँच हुँदै

सि.टा. समाचारदाता
सिमकोट । अज्ञात समूहले भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिनेक्रम मंगलबार काठमाडौंमा अवतरण भएको भारतको निजी वायुसेवा भिस्ताराले पनि खेपेको छ । दिउसो ४ः३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको खबर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएपछि भिस्ताराको एयरबस ए३२० विमानलाई पार्किङ्गवेबाट अलगै राखेर सुरक्षा जाँच भइरहेको विमानस्थलले जनाएको छ ।

‘दिल्लीबाट अवतरण भएलगत्तै भिस्ताराको जहाजमा आएका सबै यात्रु, लगेज, कार्गो चेकजाँच भइरहेको छ । बिमानस्थलले ‘प्रहरी र सेनाले जहाजलाई निगरानी गरेर जाँच गरिरहेका जनाएको छ ।