गर्भवती महिलासंग स्वास्थ्य शिक्षा अभियान

फोटो क्याप्सन गर्भवती महिलासंग स्वास्थ्य शिक्षा दिने कार्यक्रम सञ्चालन । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । वडा स्तरमा स्वास्थ्यकर्मी पुगेर गर्भवती महिलाहरुसंग स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिएको छ । गर्भवती महिलाहरु र शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन ग्रामीण अल्ट्रा साउण्ड गर्ने कार्य अभियानका रुपमा गरिएको हो ।

वडा स्तर मै तालिम प्राप्त स्वास्थ्यकर्मी पुगेर गर्भवती महिलाको ग्रामीण अल्ट्रा साउण्ड गर्ने कार्य अभियान कै रुपमा गरिएको ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए । गर्भवतीको पेटमा शिशु सुल्टो वा उल्टो, , गर्भमा रहेको शिशुको अवस्था, गर्भवतीको स्वास्थ्य अवस्थामा जानकारी लिनका लागि यो अभियान गाउँपालिकाको समन्वयमा गरिएको उनले बताए ।

गर्भवतीको अल्ट्रा साउण्ड गर्ने क्रममा फिल्डमा उपचार गर्न सकिने ब्यवस्था पनि गरिएको छ भने रिफर गर्ने ब्यवस्था पनि गरिएको छ । अभियानको पहिलो दिन पाँच वटा वडाहरु रहेको उक्त् गाउँपालिकाका वडा नम्बर १ र ४ गर्भवतीको अल्ट्रा साउण्ड गर्ने कार्य भएको छ भने अब बाँकी, २,३ र ५ मा आईतबारसम्म गरिने छ । शाँखाको पहलमा प्रत्येक दुई महिनामा यो अभियान सञ्चालन गर्ने गरिएको छ ।