तिब्बत भुकम्प परि मृत्यु हनको संख्या ९५ पुग्यो

सि.टा. समाचरादाता
सिमकोट । मंगलबार बिहानै काठमाडौँ उपत्यकालगायत नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको भूकम्पले तिब्बतमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार नेपाल र चीनको सीमानामा केन्द्रविन्दु भएको ७ रिक्टर स्केलको भूकम्पमा ९५ जनाको ज्यान गुमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ भन् १२० जनाभन्दा धेरै घाइते छन्।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको थियो। तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको थियो।

नेपालका सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङलगायतका स्थानमा भूकम्पको ठूलो धक्का महसुस भएको थियो। काठमाडौँ उपत्यकामा पनि मानिसहरु घरबाहिर निस्केका थिए।