सि.टा. समाचरादाता
सिमकोट । हिउदै बिदामा पनि जिल्लाको एएटा विद्यालयमा पठनपाठन सुचारु भई रहेको छ । जिल्लाभरका विद्यालयहरु हिउदे बिदाको कारण बन्द रहेकोे समयमा नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँको हल्जी गाउँमा रहेको सुनखानी आधारभूत विद्यालयमा भने पढाई सुचारु रहेको हो ।
सहयोगी निकायहरुले शिक्षकको ब्यवस्था गर्नु र हिउदमा पनि पठनपाठन सुचारु गर्न अभिभावकहरु सकरात्मक भएको कारण पठन पाठन सुचारु भएको हो । उक्त विद्यालयका शिक्षक बिकल तामाङका अनुसार सबै अभिभावक, वडा, सहयोगी निकाय र शिक्षकको साझा सहमति अनुसार हिउदे बिदामा पनि पठनपाठन सुचारु गरिएको छ ।
जिल्ला भरका १५० वटा विद्यालय हिउदे बिदाको कारण बन्द गरिएको अवस्थामा लिमीको सो विद्यालयमा भने पठनपठान जारी रहेको छ । शनिबार समेत पढाई सुचारु हुँदै आएको छ । बिधार्थीहरुको पढाईमा सुधार ल्याउनका लागि केही वर्षयता विद्यालयमा पढाई सुचारु गर्ने गरिएको हो ।
सो विद्यालयमा दुई वर्ष अगाडीसम्म कक्षा पाँचसम्म मात्र पढाई हुने गथ्र्यो । त्यतिबेला कक्षा पाँच उतिर्ण बिधार्थीहरु काठमाडौं र केही भारतमा माथिल्लो शिक्षा अध्ययन गर्ने जाने गरेको भएपनि गतवर्षबाट कक्षा पाँच उतिर्ण बिधार्थीहरु सोही विद्यालयमा कक्षा छ मा अध्ययन गर्ने ब्यवस्था गरिएको छ । यसवर्ष त्यसलाई कक्षा सातमा पुर्याउने र त्यसलाई मावि स्तरमा पुर्याउने लक्ष्य वडा र विद्यालयले लिएको छन् ।
यसरी विद्यालयमा पठनपाठन सुचारु गर्नका लागि एक जना सरकारी, तीन जना अमेरिकी सहयोगमा सञ्चालित संस्था आत्मीय नेपाल र एक जना आधार नेपालले शिक्षकको ब्यवस्था गरेको छ । विद्यालयको पठनपाठनको अवस्था बुझन र आत्मीय नेपालको राष्ट्रिय निर्देशक यान्जिला थापा समेत यसवर्ष लिमी मै पठन पठनपाठनमा सघाउ पुर्याई रहनु भएको छ ।
हाल विद्यालयमा २४ जना बिधार्थीहरु नियमित रुपमा विद्यालयमा आएर पठनपाठनमा सहभागीता जनाउदै आउनु भएको छ । चिसोको कारण १७ जना बालबिकासका बिधार्थीहरु विद्यालयमा नआउने गरेको भएपनि कक्षा १ का चार जना, कक्षा २ का पाँच जना, कक्षा ३ का चार जना, कक्षा ४ का दुई जना, कक्षा ५ का चार जना र कक्षा ६ का तीन जना बिधार्थीहरु नियमित रुपमा विद्यालय आउने गरेको शिक्षक तामाङले बताउनुभयो ।
वडा अध्यक्ष पाल्जोर तामाङले विद्यालयमा बिहानको खानाको ब्यवस्था अभिभावक मिलेर बिधार्थी र शिक्षकलाई विद्यालय मै गर्ने गरिएको बताए । यसको खर्च ब्यवस्था पनि अभिभावक मिलेर गर्ने गरिएको छ ।
आत्मीय नेपालको आर्थिक सहयोगमा १४ कोठे नयाँ भवन निर्माण भएर हाल सोही भवनमा पठनपाठन हुने गरेको छ भने आठ कोठे भवन निर्माणधिन अवस्थामा रहेको छ । यसअघि धेरै पहिले भिरालो जमिनमा बनेका जिर्ण भवनमा पठनपाठन हुने गथ्र्यो
























