सि.टा.समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रबाट एक जना उच्च रक्तश्राप भई रहेकी गर्भवती महिलाको हेलिकोप्टरबाट जिल्ला बाहिर उद्धार गरिएको छ । अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकी उहाँको उपचार हुन नसक्ने भएपनि गर्भवतीको उद्धार गरेर सुर्खेत लगिएको हो ।
अदानचुली गाउँपालिका–२ को महतारा गाउँकी ३१ वर्षकी असली महतारालाई आठ महिनाको गर्भवती भएको अवस्थामा उच्च रक्तश्राप भएपछि बुधबार दिउसो हेलिकोप्टरबाट सुर्खेत गरिएको स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले बताईन ।
गर्भवती महतारालाई २३ गते बिहान पाँच वजेबाट उच्च रक्तश्राप भएको र घरपरिवारका सदस्यले सोही दिन राती दश बजे मात्र श्रीनगर स्वास्थ्य चौकीमा ल्याएको भएपनि स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि रिफर गर्दा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । उनको उद्धार राष्ट्रपति महिना उत्थान कार्यक्रमबाट गरिएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गरेको थियो ।












