लोग भण्डारी
सिमकोट सिटिजन्स वैङ्क इन्टरनेस्नलको सिमकोट शाखाले दर्गमको एएटा विद्यालयलाई खेल तथा स्टेस्नरी सहयोग गरेको छ । बैङ्कले वर्षेनी गर्दै आएको सामाजिक उत्तर दायित्व अन्र्तगत सो सहयोग विद्यालयलाई गरेको हो ।
यसवर्षको सहयोग खार्पुनाथ गाउँपालिका– ४ को चन्द्रनाथ आधारभूत विद्यालयका बिधार्थीहरुलाई स्टेस्नरी सहयोग गरिएको बैङ्कको सिमकोट शाखाका प्रबन्धक हेमराज हमालले जानकारी दिए । सामाजिक उत्तर दायित्व अन्र्तगत दुर्गमको विद्यालयका बिधार्थीहरुलाई सो सहयोग गरिएको होे ।
सहयोग गरिएका स्टेस्नरीहरुमा सोह्र दर्जन कापी, छ दर्जन डड्पेन, आठ दर्जन शिशाकलम, एक थान भलिवल, एक थान फुटवल, स्पिकिङ डोरी दुई थान, मारकर छ थान, डिस्नरी एक थान, कलर एक दर्जन, कलम एक दर्जन, इरेजर एक डिब्बा, कटर एक प्याक, ज्यामिती बक्स छ वटा र क्याल्कुलेटर एक थान गरि चौध प्रकारका सामाग्री सहयो गरिएको हो ।
यसका लागि बैङ्कले पच्चीस हजार रुपियाँ खर्च गरेको छ । खुलकुद तथा शैक्षिक सामाग्री सहयोग भएपछि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनराज शाहीले यो सहयोगले पठन पाठनमा सहयोग पुग्ने बताए । उक्त बैङ्कले वर्षेनी रुपमा यो सहयोग विद्यालयहरुलाई गर्दै आएको छ ।























