सि.टा. समाचारदाता
सिमकोट हाल गाउँपालिका मै कार्यरत मध्य बरिष्ठका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चङ्खेली गाउँपालिकामा प्रशासकीय अधिकृत खटाउने कार्य सुरु गरेको छ । करिव दुई महिनादेखि हुम्लाका पाँच वटा स्थानीय तहहरु प्रशासकीय अधिकृत बिहीन अवस्थामा रहेको अवस्थामा मन्त्रालयले तेस्रो गाउँपालिकामा पनि ब्यवस्था गरेको छ ।
मन्त्रालयलयले अर्को ब्यवस्था नहुँदासम्मका लागि हाल सम्वन्धित स्थानीय तह मै कार्यरत मध्य बरिष्ठ अधिकृतलाई निमित्तको जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष प्याराीलाल शाहीले बताए । उनले मन्त्रालयले गाउँपालिकामा कार्यरत बरिष्ठ सातौ तहका अधिकृत दिपक गिरीलाई जिम्मेवारी तोकेर पठाएको बताए । गिरी कृषि सेवा एकिकृत समुहमा कार्यरत रहेका छन ।
उनलाई मन्त्रालयले अर्को ब्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनीक हेर्ने गरि जिम्मेवार दिईएको छ । यसअघि गाउँपालिकाल मिति २०८१ फागुन २५ गत गाउँपालिकामा कार्यरत बरिष्ठ कर्मचारलई प्रशासकीय अधिकृतकको जिम्मेवारी ताक्नेका लागि मन्त्रालयलाई अनुरोध गरेको थियो । यसबाट चङ्खेली गाउँपालिकाको प्रशासकीय अधिृकतको समस्या हाललाई समाधान भएको छ ।
यसअघि सर्केगार्ड गाउँपालिकामा बरिष्ठका रुपमा कष्णकिशोर आचार्य र सिमकोट गाउँपालिकामा हाल गाउँपालिकामा कार्यरत बरिष्ठ अधिकृत वर्षबहादुर फडेरालाई जिम्मेवारी तोेकेको थियो । त्यसैगरि अब अदानचुली र ताँजाकोट गाउँपालिका बाँकी रहेका छन ।
ती गाउँपालिकाको समस्या पनि यसरी नै दुई तीन दिनमा समाधान गरिने मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालय सिमकोट र सर्केगार्ड गाउँपालिकामा खटाएका अधिकृतहरु हुम्ला जान नमानेपछि मन्त्रालय यो उपायमा जान बाध्य भएको हो । स्थानीय तहहरुले नयाँ ब्यवस्था गर्न वा पुरानालाई नै तत्कालका लागि जिम्मेवारी दिन अनुरोध गरेको भएपनि मन्त्रालयले त्यसलाई इन्कार गर्दै

















