काम र ब्यवसायका लागि चीनको ताक्लाकोट जान सुरु

फोटो क्याप्सन ताक्लकोट जाने क्रममा नेपाली युवायुवती हिल्सामा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्लावासी चीनको पुराङ काउण्टीको ताक्लाकोट जान सुरु भएको छ । ब्यापार ब्यवसाय र रोजगारीका लागि बेरोजगार युवायुवतीहरु ताक्लाकोट गएका हुन ।

२०८२ बैशाख १ गतेयता हुम्लाबाट काम र ब्यापार ब्यवसाय गर्नका लगि एक हजार दुई जना हुम्लाका बेरोजगार युवायुवती चीनको ताक्लाकोट हिल्सा नाकाबाट गएका छन् । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार । यसमा २९९ जना महिला रहनु भएको छ भने ७०३ पुरुष रहनु भएको रहेका छन । ताक्लाकोटमा हालसम्म कै सबै भन्दा बढी महिलाहरु कामका लागि पुगेका हुन ।

हालसम्म ताक्लाकोट गएका मध्य अधिकाँस रोजगारीका लागि गएको र केही भने फुरु ब्यापारका लागि गएका छन । ताक्लाकोटमा नेपालीहरु होटेल रेष्टुरेण्टमा काम गर्नुका साथै अन्य ज्याला मजदुरीको पनि काम गर्ने गर्छन । उनीहरु अब छ देखि आठ महिना ताक्लकोटमा बसेर काम गर्नेछन । हुम्लाका बेरोजगार युवायुवतीको रोजगारीको गन्तव्य ताक्लाकोट रहेको छ । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका स्थानीय मध्ये ७० प्रतिशतले ताक्लाकोट पुगेर काम गर्ने गरेका छन ।

रोजगारीका लागि ताक्लाकोट मुख्य गन्तव्य भएका कारण लिमीबाट धेरै पहिलेबाट काम गर्न जाने गरिदै आएको छ । अन्य देशमा जान नसक्ने लिमीका बेरोजगारहरू ताक्लाकोट गएर काम गरेर कमाउने र त्यसैबाट घरव्यवहार चलाउने गर्दै गर्छ । त्यहाँ कामदारले एक दिनमा एक सय बीस युआनदेखि तीन सय युआनसम्म कमाई हुन्छ ।

ताक्लाकोट जान सुरु भएपछि जिल्ला प्रशासन कार्यालयबाट नयाँ सीमा पास लिनेको सङ्ख्या पाँच सय पुगेको छो । योे अवधिमा नवीकरण गर्ने सङ्ख्या ३०० बढी छ । चार सय भन्दा बढीलाई घुम्ती शिबिरमा प्रमुख जिल्ल अधिकारी नारायण पाण्डेयले सीमा पास बितरण गरेका थिए । चीनको ताक्लाकोट जाने समय सुरु भएका कारण सीमा पास लिनेको घुइँचो लाग्ने गरेको हो । चीनले सीमा जोडिएका जिल्लाका स्थायी बासिन्दालाई सीमानाबाट ३० किलोमिटरसम्म सो पासका आधारमा प्रवेश गर्न दिने गरिन्छ ।

यसअघि नाका सुचारु भएपनि नारा लेकमा जमेको हिउको कारण हुम्लावासी ताक्लाकोट जान रोकिएको भएपनि नारा लेकमा जमेको हिउ हिल्सा सिमकोट सडक योजनाले स्काभेटर लगाएर फालेपछि यातायात सुचारु हुँदा ताक्लाकोट जाने क्रम सुरु भएको थियो । चिनीयाँ पक्षले हप्तामा पाँँच दिन बिहान एघार बजेबाट हिउसो दुई वजेसम्म नेपालीले ताक्लकोट जान पाउने नियम बनाईएको छ ।