सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गते आन्दोलनमा हुम्ला जिल्लाबाट एक टोली जने भएको छ । शनिबार राप्रपा हुम्लाको जिल्ला कार्य समितिको वैठक उक्त आन्दोलनम सहभागिता जनाउने निर्णय गरेपछि हुम्लाको टोली काठमाडौ जाने भएको हो ।
बैठकले काठमाडौंमा हुने आन्दोलमा सहभागिता जनाउन पार्टी अध्यक्ष बिकास महतकाे नेतृत्वमा एक टोली जाने निर्णय भएको अध्यक्ष बिकास महतले बताए । टोलीमा राप्रपा केन्द्रीय सदस्य बिकास कालीबहादुर शाही पनि जाने भएका छन । आन्दोलनमा सहभागिता जनाउन २७ जना हुम्ला जिल्लावाट जाने निर्णय भएको अव एक दुई दिन टोली काठमाडौका लागि लाग्ने उनले बताए ।
यसअघि राप्रपाले गरेको काठमाडौंको आन्दोलनमा हुम्ला जिल्लावाट पनि राप्रपाका कार्यकर्ताले जिल्लवट गएर सहभागिता जनाएको थिए । बैठक जिल्ल कर्य समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।















