प्रदेश स्तरमा हुने बिज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान कार्यक्रममा मानसरोवर माविका बिधार्थी छनौट

फोटो क्याप्सन उत्कृष्ट भएको मानसरोवर माविका बिधार्थीहरुले निर्माण गरेको प्रर्दशनी र बिधार्थीहरु । तस्बिर ः सि.टा

लेग भण्डारी
सिमकोट । जिल्ला स्तरीय बिज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान कार्यक्रममा सिमकोट गाउपालिकाको मानसरोवर नमूना माध्यामिक विद्यालय उत्कृष्ट ठहरिएको छ । मावि स्तरीय सो कार्यक्रममा मानसरोवर नमूना माविले सबै भन्दा बढी अङ्क ल्याएर उत्कृष्ट ठहरिएको हो ।

जिल्ला स्तरीय बिज्ञान प्रर्दशनी तथा प्रतिभा पहिचान कार्यक्रममा जिल्लाका सात वटा माविलाई उछिन्दै मानसरोवर मावि पहिलो भएको आयोजक सामाजिक बिकास कार्यालयका हर्क बस्नेतले बताए । उक्त विद्यालय कार्वन्डाई अक्साईट रहित उद्योग निर्माण गरेर सञ्चालन गरेको थियो ।

त्यसैगरि खार्पुनाथ गाउपालिका– ४ को सीता मावि द्धितीय स्थान भएको थियो । सो विद्यालयलय ज्वालामुखी विष्फोट तयार पारेर प्रर्दशनी गरेको थियो । त्यसैगरि सिमकोट गाउँपालिकाको कैलाश मावि तृतीया स्थान भएको थियो । उक्त विद्यालयले प्रोजेक्टर निर्माण गरेर प्रस्तुती गरेको थियो । उत्कृष्ट तीन वटा विद्यालयलई क्रमश नौ हजार सात हजार र पाँच हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

उकृष्ट ठहरिएको मानसरोवर माविका बिधार्थीहरु र कला लिएर अगामी जेठ २४ हुने कर्णाली प्रदेश स्तरीय प्रतियोगिता सहभागीता जनाउने छ । कार्यक्रममा रामदेव मावि, बालमन्दिर मावि सैपाल मावि र अदानचुली गाउपालिकाको सल्लाघारी माविको पनि सहभगिता रहेको थियो ।