सि.टा. समाचारदाता
सिमकोट । यस आर्थिक वर्षमा छ वटा विद्यालयमा खेल मैदानहरु निर्माण गरिएका छन । विद्यालय स्तरबाट खेल गतिबिधिहरु सञ्चालन गर्ने मान्यतासाथ कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक बिकास कार्यालयद्धारा यी खेल मैदानहरु निर्माण गरिएका हुन ।
विद्यालयहरुमा नयाँ निर्माण गरिएका खेल मैदानहरुमा ताँजाकोट गाउँपालिका– ४ को बुद्धि बिकास आवि, अदानचुली गाउँपालिका– ४ को ज्ञानोदय मावि, ६ को सर्कीदेउ प्रावि, सर्केगार्ड गाउँपालिका– ६ को ईश्वर आवि, सर्केगार्ड– १ को महादेश चौर प्रावि, चंखेली गाउँपालिका– २ अखण्ड चमत्कार आवि र सर्केगार्ड गाउँपालिका– २ को कोट प्रावि रिप रहेको उक्त कार्यालयका प्रमुख हर्क बस्नेतले बताए ।
विद्यालय स्तरबाटै खेलकुदका गतिबिधिहरु सञ्चालन गर्न सहज होस भन्नका लागि वर्षेनी खेल मैदान निर्माण गर्ने कार्य भई रहेका छन । यी खेल मैदानको निर्माण विद्यालयमा सबै प्रकारका खेलहरु खेल्नका लागि सहज हुने र विद्यालय स्तरबाटै खेलाडीहरु उत्पादन हुने बिस्वास उनले ब्यक्त गरे ।














